अमेरिकामा मुद्धाले चिलिम फ़र्काउछ भन्ने डरले सुरुवाल भिजाई हाल्नु नपर्ने

इनेप्लिज २०७२ असार २९ गते २३:४२ मा प्रकाशित

IMG_0425

अमेरिकाका नागरिक डराउने भनेको देशको कानुन संग हो l र ,अर्को भय भनेको कसले ,कति खेर मुद्धा हाली भडखालामा पार्ने हो कि भनि सदैब त्राहीमाम हुनु पर्ने अवस्था पनि रहेको पाईएको छ l नबिगार्नु र नडराउनु भने पनि मुद्धाले मनोबैज्ञानिक रुपमा अधिकांशलाई चिन्तित बनाउने गरेको छ l

नबिगार्दा नडराए पनि हुन्छ l तर मुद्धा भने पछि मनमा चिसो अधिकांसको मनमा पस्ने गरेको आंकडाले देखाएको छ l अमेरिकामा थुप्रै नेपाली मुलकका वकिल जन्मी सकेका छन् l उनीहरु यस बिषयका ज्ञाता छन् र बिबिध प्रकारका मुद्धाहरुमा वकालत गरि रहेका हुन्छन l

मुद्धा मामलामा ज्यादा तुलनात्मक रुपमा आप्रवासीहरु डराउने गर्छन l निकै थर्कमान हुन्छन किनभने मन मष्तिस्क यतै भएकोले आफ्नो मात्री भुमि मुलुक फर्काई दिन्छ भन्ने सबै भन्दा ठुलो चिन्ता हुन्छ l कानुन संग डराउनु पर्छ तर केहि गरेको छैन भने भयभीत भै हाल्नु पर्ने चै हैन l अपबादमा थुप्रै मानिसहरु यसको शिकार भएका छन् l नबुझ्ने र कुराको भेउ नपाउनेले मानिसले बिना बित्थाको दुख आफैले बेसाउने गरेका छन l अत्यधिक डर र भयभीत हुनु पर्ने जरुरि पनि हुदैन l मुद्धाले चिलिम फ़र्काउछ भन्ने डरले सुरुवाल भिजाई हाल्नु पार्ने भने चै हुदैन l सुरुवालमा पिसाब नै फेर्नु पर्ने कदापी हुदैन l

चिलिम फर्काउने भनेको अर्थ खलास ,सिध्याउने ,सखाप ,नष्ट ,अन्त्य तथा समाप्त गर्ने भन्ने हो l चिलिम बिषयमा गजेडी तथा साधु सन्तहरु ज्यादा ज्ञाता हुन्छन l गाजा ज्यादा चुरोट तथा चिलिममा राखेर सेवन गरिन्छ l समाप्त भए पछि उल्टो फर्काएर राखे पछि समाप्त भयो भन्ने संकेत हुन्छ l बिशेष यो शब्द पुर्वान्चल क्षेत्रमा ज्यादा प्रयोग हुने गरेको पाईन्छ l रिस उठ्यो ,झगडा भयो ,बहस भयो कि चिलिम फर्काई दिन्छु भन्ने शब्द प्रयोग गरिन्छ l समाप्त गरि दिन्छु भन्ने अर्थमा गरेको पाईन्छ l

अमेरिकामा बिशेष त ३ वटा कारण बाट मुद्धा आफुलाई लाग्ला भनि अत्यधिक तनाब तथा भयभित हुनु जरुरि छैन l तपाईलाई कसैले पनि मुद्धा हाल्न चाहदैन कहिले पनि l फरक मत तथा अनेक बिषयमा उठेका असहमतिलाई बिबिध माध्यमबाट समाधान गर्न सहमतिका कैयौ ढोका खोलिन्छ l अन्तत् गत्वा मुद्धा अदालतमा पुग्नु अगाडी नै सहमति हुन्छ l

अमेरिकामा मुद्धा हाल्ने भनि सामाजिक संजाल मार्फत तर्साउने गरेको एउटा आँकडाले देखाएको छ l जति मानिसले एक अर्कालाई मुद्धा हाल्ने भनि हल्ला चलाईन्छ र गराउदछन दुर्लव रुपमा मात्र त्यो कार्यन्वयन हुने गरेको देखिएको छ lसामाजिक संजाल ,वकितम रुपमा धम्कि चेतावनी दिने गरे पनि त्यो एक प्रकारको मानसिक तनाब हुन्छ कि भन्ने अभिप्रायले गरिएको आंकडाले देखाएको छ

कुनै बिकल्प भेटिएन र कुनै उपाय नलागे पछि मात्र अन्तिम अवस्थामा मात्र अमेरिकामा मुद्धा अदालतमा दर्ता गर्ने पनि गरिन्छ l अमेरीकामा मुद्दा हाल्ने भन्ने बित्तिकै सोचे जस्तो त्यति सरल र सजिलो छैन l मानिस अति व्यस्त हुनाले मुद्धा हाल्ने समेत फुर्सद हुदैन l झन्झट मान्ने हुनाले त्यसो गर्दैनन् l

यी.३ तत्वका कारणहरुका तपाई अमेरिकामा मुद्धा लाग्ने भो भनि ज्यादै चिन्तित हुनु पर्ने आवश्यक छैन भनि एक बिशेषज्ञले बताएका छन् l

मुद्रा /द्रब्य /पैसा /धन :

यो कुरा ध्रुब सत्य तथा यथार्थता हो अदालतमा कानुनी उपचार गराउन ठुलो खर्च लाग्छ l अमेरिकाका थुप्रै भागमा कम्तिमा प्रति घण्टा १ सय डलरबाट बहसको सुरु गर्ने भनि अधिवक्ताले पारिश्रमिक लिन्छन त्यो अति महँगो पर्छ l मुद्धा श्री गणेश गर्न मात्र कैयौ घण्टा सम्म अल्झिनु पर्ने हुन्छ l

मुद्धा सुरु भै सके पछि फैसला हुन् अत्यन्तै समय लाग्ने हुनाले सोचेको भन्दा ज्यादै आर्थिक भार पर्ने हुन्छ l मानिसलाई मुद्धा हाल्ने सहि श्रोत चाहिन्छ र प्रतिवादीलाई गलत प्रमाणीकरण गर्ने कुरामा नै रुमलिएको देखिएको छ l मुद्धा सुरु भै सके पछि बालुवामा पनि हाले जस्तै डङ्गुर पैसा चाहिन्छ l तसर्थ यस बिषयमा मानिस सोच्न बाध्य हुन्छन l

वकील

वकील बारेमा संचार माध्यमले कहिले काही खराब बनाउने प्रयास गरिएता पनि ग्राहकको मुद्धाहरुको बारेमा अत्यन्तै संबेदनशील हुन्छन l राम्रो काम गर्ने प्रयास गर्दछन l अधिवक्ताहरु धेरै राम्रा ,इमानदार र असल हुन्छन l वकिलले कहिले पनि वादी र प्रतिवादी अदालत सम्म पुगोस भन्ने चाहना राख्दैनन् l आफ्नो ग्राहकको पैसा सिद्ध्याउने र आफ्नो पारिश्रमिक जसरि पनि कुम्ल्याउने भन्ने सोच राख्दैनन् l

अदालत समक्ष नपुगोस भनि सहमतिका थुप्रै बिकल्प खोजि गर्दै अदालतमा बहस र अदालती कारवाही सम्म पुग्दा दुवै पक्षको खर्च निकै चुलिने हुनाले एक निश्चित बिन्दुमा सहमति गरी बाहिर नै मुद्धाको किनारा लगाउने गर्ने प्रयास रहन्छ l यसले गर्दा अदालतमा हत्पत्त मुद्धा नपुग्ने पनि हुनाले मुद्दा लगेर बर्बाद हुईञ्छ भनि खुट्टा कपाई हाल्नु पर्ने हुदैन l

समय र टाउको दुखाई

जब दुई पक्षमा झगडा सुरु हुन्छ तब तिनीहरु छिटो समाधान चाहन्छन l जब तपाई मुद्धाको मार्गमा जाने निर्णय गर्नु हुन्छ भने त्यहाँ समाधानको दैलो बन्द हुन्छ l

यदि शिघ्र रुपमा मुद्धालाई किनारा लगाउने कोसिस गरिएन भने यसले धेरै समय खाई दिन्छ l मुद्धा त्यति सरल रुपमा किनारा लाग्दैन l यसमा समय अत्यधिक जाने हुनाले अमेरिका जस्तो मुलुकमा समयको ज्यादै महत्व हुनाले ज्यादा टाउको दुखाई बन्दछ l

ज्यादै समय निक्लिने क्रममा टाउको दुखाईको साथै तपाईको टाउकोमा ठुलो आर्थिक भार पर्ने हुन्छ l धेरै मानिस यो मन पराउदैनन l यस समयमा वकिललाई थाहा हुने हुनाले आफ्ना ग्राहकलाई आर्थिक संकट बाट मुक्त गराउने उत्प्रेरणा गर्दछन l

अमेरिका खाना आफै बनाई खाने त फुर्सद नहुने अवस्थामा कसैलाई मुद्धा दिने भन्दैमा मानिस त्यो चक्रमा फस्न न चाहने भएकोले आखिर मुद्धा कसैले अदालत सम्म पुर्याउदैनन l मुद्धा दिने सवालमा भनाई र गराईमा आकास जमिनको फरक हुन्छ l

यस अर्थमा अमेरिकामा ठुलो देश र धेरै जनसंख्या भएकोले हामीले परिकल्पना गरेको भन्दा फरक मुद्धाहरु दायर भै रहेका हुन्छन l जुन बढ्दो अवस्थामा छ l मुद्धा लागि हाल्छ भनि सुरुवाल भिजाई हाल्नु पर्ने हुदैन l अमेरिकामा जस्ले झैँ झगडामा ,बहसमा ,बादबिबादमा तथा अन्य अवस्थामा मुद्धा हाल्ने भन्ने धम्कि दिए पनि मुद्धा नहाल्ने देखिएको छ l जस्ले मुद्धा हाल्ने भनि बारम्बार धम्कि दिन्छ त्यस्ता मानिसहरुको जमातले ९९ प्रतिसत मुद्धा नहालेको देखाएको छ l

…………………………………….अस्तु

प्रतिक्रिया