इनरुवा, २९ असार । सुनसरीमा करेन्ट लागेर आज एकजनाको ज्यान गएको छ ।
चान्दवेला– ९ वर्छवा बस्ने ३५ वर्षीय श्यामलाल सरदारको करेन्ट लागेर मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।
घरमा काम गर्ने बेलामा एक्कासि करेन्ट लागेर घाइते भएका सरदारको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको अस्पताल बिटका प्रहरी हवल्दार रामसुन्दर यादवले जानकारी दिनुभयो ।
प्रतिक्रिया