आदिकविको सालिकमा माल्यार्पण
इनेप्लिज
२०७२ असार २९ गते ४:३८ मा प्रकाशित
काठमाडौँ, २९ असार । आदिकवि भानुभक्त आचार्यको २०२ औँ जन्मजयन्तीको अवसरमा दरबार हाइस्कुलमा रहेको सालिकमा आज माल्यार्पण गरिनु साथै उहाँको व्यक्तित्व र कृत्तित्वबारे चर्चा गरियो ।
नेपाल शिक्षा परिषद्लगायतका संस्थाले आयोजना गरेको कार्यक्रममा सभामुख सुवास नेम्वाङले आदिकवि आचार्यको सालिकमा माल्यार्पण गर्दै नेपाली भाषाको विकास गरी नेपालीलाई एकताबद्ध गर्न उहाँको ठूलो योगदान रहेको स्मरण गर्नुभयो ।
सो अवसरमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले आदिकवि आचार्यलाई सम्पूर्ण नेपालीले सदैव स्मरण गर्नुपर्नेमा जोड दिनुभयो ।
साहित्यिक व्यक्तित्व रमा शर्मा, कमलमणि दीक्षित, भीमबहादुर अधिकारी, शीला पन्त, दीर्घराज प्रसाईं, सावित्री खरेल, भवानी पौडेललगायतले आदिकवि आचार्यको सालिकमा माल्यार्पण गर्दै भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।
न्यूयोर्कको ब्रुकलिन अर्ध म्याराथनमा लडेर धावकको मृत्यु
भारतले रुसलाई एक्लो पार्ने दबाबको प्रतिरोध गरेपछि बाइडेनले मोदीसँग व्यक्तिगत रूपमा भेट गर्ने
क्यालिफोर्नियामा एक भोजमा गोली चल्दा १ जनाको मृत्यु, ८ घाइते
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकाको इन्डियानामा ‘लक्षित’ गोलाबारीमा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया