दरबन्दीका चिकित्सक नहुँदा उपचारका लागि अन्यत्र जानुपर्ने अवस्था
कञ्चनपुर, २९ असार । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको महाकाली अञ्चल अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक कार्यरत नहुँदा उपचारका लागि अन्यत्र जानुपर्ने अवस्था रहेको छ ।
अठार चिकित्सकको दरबन्दी रहेको अस्पतालमा सरकारले हालै नौ जनाको दरबन्दी थप गरी २७ पुर्याए पनि दरबन्दीका एक चिकित्सक पनि कार्यरत रहेका छैनन् ।
दुई जना करारमा, अस्पताल विकास समितिअन्तर्गतका तीन जना चिकित्सक र अस्पतालका सुपरिटेन्डेन्टसमेत काजमा कार्यरत रहेका छन् ।
एघारौँ तहका तीन विशेषज्ञसहितको चिकित्सकको दरबन्दी रहेको अस्पतालमा एक जनासमेत चिकित्सक कार्यरत नहुँदा अप्ठेरो परेको महाकाली अञ्चल अस्पताल विकास समितिका अध्यक्ष खेमलाल घिमिरेले बताउनुभयो ।
“दरबन्दीअनुसारका चिकित्सक नआउँदा बिरामीलाई सेवा प्रदान गर्नका लागि चार जना करारका चिकित्सकको व्यवस्था गर्न लागेका छौँ” उहाँले भन्नुभयो । उहाँका अनुसार दरबन्दीमा कार्यरत चिकित्सक नहुँदा विशेषज्ञ सेवा लिनका लागि अन्यत्र जानुपर्ने अवस्था रहेको छ ।
संविधानसभाका सभासद् कलसा महराले पटकपटक अञ्चल अस्पतालको समस्याका बारेमा सदनमा कुरा उठाए पनि समस्या समाधान हुन नसक्दा चिन्तित भएको बताउनुभयो ।
सामान्य बिरामीको उपचार अस्पतालमै गरिँदै आएको भए पनि जटिल प्रकारका बिरामीले उपचारका लागि चर्का शुल्क तिर्दै भारतीय निजी मेडिकलमा उपचार गराउनुपर्ने अवस्था रहेको छ ।
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न
प्रतिक्रिया