नेवा:अर्गनाइजेशन साउदर्न क्यालिफोर्निया च्याप्टरको नयाँ कार्य समिति चयन
लस एन्जल्स, १२ जुलाई / नेवा: अर्गनाइजेशन साउदर्न क्यालिफोर्निया च्याप्टरको आज १२ जुलाईमा Heritage Park Cerritos पार्कमा भएको एक भेलाले नयाँ कार्य समिति चयन गरेको छ ।
संस्थाको हाल सम्मको प्रगति प्रतिबेदन निबर्तमान अध्यक्ष दिल बहादुर श्रेष्ठ, बार्षिक प्रतिबेदन दुर्गा श्रेष्ठ र आर्थिक प्रतिबेदन बिमल श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो ।
भर्खरै चयन भएको समितिमा दुर्गालाल श्रेष्ठ-अध्यक्ष, प्रविणमान श्रेष्ठ-उपाध्यक्ष, बिमल श्रेष्ठ -महासचिव, नारायण श्रेष्ठ -सचिव, कन्हैया श्रेष्ठ –कोषाध्यक्ष र सदस्यहरुमा रबिन श्रेष्ठ, सुरेश श्रेष्ठ, गजिन्द्र रंजित, योगेन्द्र श्रेष्ठ, ई कुमार श्रेष्ठ रहेका छन भने एक जना सदस्य पछि थप्ने निर्णय भएको छ ।
भेलाले सल्लाहाकारहरुमा निबर्तमान अध्यक्ष दिल बहादुर श्रेष्ठ र सोभित भारिलाई चयन गरेको छ । नव निर्वाचित समितिले बिगत देखि नेवारी समुदायको कला र संस्कृतिको जगेर्ना गर्ने कार्यक्रमको निरन्तरता दिनुका साथमा अन्य सामाजिक कार्यक्रमहरु समेटिएको बार्षिक कार्ययोजना बनाएर अगाडी बढ्ने नव निर्वाचित अध्यक्ष दुर्गालाल श्रेष्ठले बताउनु भयो ।
भर्जिनिया फेयरफ्याक्समा संदिग्ध हत्या-आत्महत्यामा पुरुष र महिलाको मृत्यु: प्रहरी
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
प्रतिक्रिया