मानवअधिकार संरक्षणमा आयोग गम्भीर
नेपालगन्ज, २८ असार । राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले जनताको सबैखाले मानवअधिकारको संरक्षणका लागि आयोगको भूमिका मानवअधिकारको विश्वव्यापी घोषणापत्रअनुरुप नै हुने बताउनुभएको छ ।
मध्य तथा सुदूरपश्चिमका विभिन्न जिल्लाको मानवअधिकारको अवस्था बुझ्न अनुगमनमा रहेको आयोगका प्रवक्ता टोली नेता अन्सारीले आइतबार यहाँ आयोजित नागरिक अन्तक्र्रिया कार्यक्रममा जिल्लाको वस्तुगत अवस्था र नागरिकबाट प्राप्त सुझावका आधारमा प्रतिवेदन तयार गरी सरकारलाई बुझाइने उल्लेख गर्नु भयो ।
तराईका जिल्लाका नेपाल–भारत सीमा क्षेत्रमा अन्तर्राष्ट्रिय नियमविपरीत भारतले निर्माण गरेको तटबन्ध र अग्लो सडकले नेपाली भूमि बर्सेनि डुब्ने र जनधनको क्षति हुनेतर्पm सहभागीले ध्यानाकर्षण गराएपछि प्रवक्ता अन्सारीले सरकारलाई यस विषयमा पनि लिखित जानकारी गराउने विश्वास दिलाउनुभयो ।
आयोगका अर्का सदस्य गोविन्द शर्मा पौडेलले भारतसँग सरकारले राजनीतिक र कूटनीतिक छलफल गरी समस्या सल्टाउनुपर्ने भएकाले सीमा समस्या तथा विवादका विषयमा आयोग गम्भीर भएको बताउनुभयो ।
त्यस अवसरमा आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेल, अधिकारकर्मी वसन्त गौतम, पत्रकार रुद्र सुवेदी, अधिवक्ता विश्वजीत तिवारीलगायतका वक्ताले केन्द्रमा बस्ने नेता मुलुकको राष्ट्रहितप्रति गम्भीर नभएको गुनासो पोखेका थिए ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया