एमाले कार्यालय साउन ७ गते सर्ने
काठमाडौँ, २७ असार । नेकपा (एमाले) ले आगामी साउन ७ गते पार्टी केन्द्रीय कार्यालय कामपा, धूम्रबाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानमा सार्ने भएको छ ।
पार्टीले भूकम्पका कारण हाल बस्दै आएको मदननगर बल्खुको कार्यालय जोखिममा परेपछि प्रतिष्ठानको चारतले भवनमा नयाँ कार्यालय सार्न लागेको हो । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवसका दिनमा पार्टी कार्यालय सार्न लागिएको पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताउनुभयो ।
बल्खुको अहिलेको भवन सङ्कटमा रहेका कारण त्यहाँबाट हुने सम्पूर्ण कार्य परिसरभित्रको अर्को सानो भवन तथा त्रिपालमुनि पत्रकार भेटघाटलगायत कार्य हुँदै आएको छ । पाँच वर्षका लागि पार्टी उक्त स्थानमा सार्न लागिएको जनाइएको छ ।
केन्द्रीय सदस्य श्रेष्ठका अनुसार आगामी साउन ९ गते बस्ने पार्टीको पोलिटब्युरो तथा १० गते बस्ने केन्द्रीय समितिको बैठक नयाँ कार्यालयबाट नै हुने छ ।
अमेरिकाको वासिङ्टन राज्यको टकोमा शहरमा आयोजित नृत्य समारोह कम्तीमा ८ जनालाई गोली प्रहार
अमेरिकाको सान फ्रान्सिस्कोमा प्रथम कुकुर उत्सव मनाइने
बाल्टिमोरको बानाले दोश्रो अन्तरराज्य भलिवल प्रतियोगिता -२०२२ आयोजना गर्ने घोषणा
अमेरिकाको इलिनोइस राज्यको एक भवनमा ३ जनालाई गोली प्रहार ,बन्दुकधारी अझै फरार
बाइडेन युरोपमा हुने शिखर सम्मेलनको लागि एक हप्ताको लागि प्रस्थान
प्रतिक्रिया