विषालु च्याउ खाँदा एक्काइस बिरामी

इनेप्लिज २०७२ असार २७ गते ३:२१ मा प्रकाशित

musrumधनगढी, २७ असार । कैलाली जिल्लाको पहाडी क्षेत्र सहजपुर गाविस–२ बयँला गाउँमा गए राति विषालु च्याउ खाँदा पाँच परिवारका २१ जना बिरामी परेका छन् ।

गाउँ नजिकै रहेको जङ्गलबाट दिउँसो टिपेर ल्याइएको च्याउ साँझपख घरमा पकाएर खाँदा मानिस बिरामी परेको पाइएको इलाका प्रहरी कार्यालय फल्टुडेका प्रहरी निरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।

च्याउ खाएर बिरामी हुनेमा १० महिला, छ बालक, चार बालिका र एक युवक छन् । बिरामी हुनेमध्ये शान्ति थापा र ओम दर्लामी मगरको अवस्था केही गम्भीर रहेको चिकित्सकलाई उद्धृत गर्दै बोहराले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय फल्टुडेको टोलीले राति नै सबै बिरामीलाई सेती अञ्चल अस्पताल धनगढीमा पुर्‍याएको थियो । घटनास्थल धनगढीदेखि करिब ६५ किमीको दूरीमा छ ।

प्रतिक्रिया