कालिकास्थान–स्याफ्रु खण्ड मर्मत
इनेप्लिज
२०७२ असार २७ गते २:२९ मा प्रकाशित
धुन्चे (रसुवा), २७ असार । पासाङल्हामु मार्गको कालिकास्थान–स्याफ्रु खण्ड मार्ग नियमित सञ्चालन गर्न डोजर चलाउन थालिएको छ ।
जिल्लाको उत्तरी क्षेत्रको १० गाविसको प्रमुख मार्ग भएको र विकास निर्माणलगायत खाद्य सामग्री अभाव हुन नदिनका लागि नियमित सडक सञ्चालन गर्न आकस्मिक पहिरो पन्छाउन डोजर चलाउन लागिएको डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ ।
वर्षात्का कारण समय समयमा मूलखर्क, राम्चे, ग्राङ र खोपाङ क्षेत्रमा पहिरो जाने क्रम बढ्न थालेको भए पनि अब यातायात सञ्चालनमा अवरोध नहुने सडक कार्यालयको भनाइ छ । उता खोपाङ–स्याफ्रुबेंसीखण्ड सडकमा भने स्याफ्रु– मैलुङखण्डको सडक निर्माणमा कार्यरत नेपाली सेनाले अनुगमन गरिरहेको बताइएको छ ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया