आइतबार, जेठ ८ २०७९
काठमाडौं १४:३१
वासिङटन डिसी 04:46

सुस्तगतिमा मोटरसाइकल हँकाइ प्रतियोगिता

इनेप्लिज २०७२ असार २७ गते २:१६ मा प्रकाशित

raceतुलसीपुर (दाङ), २७ असार । तीव्र गतिमा सवारी चलाउँदा हुने दुर्घटना रोक्न जिल्ला प्रहरी कार्यालय दाङ र सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा शनिबार यहाँ सुस्तगतिमा मोटरसाइकल चलाउने प्रतियोगिता सम्पन्न भएको छ ।

घोराहीको भरतपुर मैदानमा भएको सो प्रतियोगितामा तुलसीपुर निवासी अरुण योगी प्रथम हुनुभयो । योगीले ५० मिको दूरी २ मिनेट ९ सेकेन्डमा पार गर्नुभएको हो ।

त्यस्तै १ मिनेट २६ सेकेन्डमा सो दूरी पार गरी श्रीधर केसी द्वितीय र १ मिनेट २५ सेकेन्डमा पार गरी नवीन जिएम तृतीय हुनुभयो । प्रतियोगितामा ५२ मोटरसाइकल चालकको सहभागिता थियो ।

प्रतिक्रिया