पाँचथर, २६ असार । ताप्लेजुङको पश्चिमी क्षेत्रमा पहिरोबाट विस्थापित भएका ७० परिवारलाई शुक्रबार प्रतिपरिवार दुई बन्डलका दरले जस्तापाता वितरण गरिएको छ ।
नेपाल बौद्ध महासङ्घका अध्यक्ष थुप्तेन जिन्टुक लामालगायतको पहलमा सङ्कलन गरिएका १८० बन्डल जस्तापाता पहिरोबाट पूर्णरुपमा विस्थापितलाई वितरण गरिएको हो ।
यस्तै आंशिक क्षति भएका परिवारलाई एक÷एक बोरा चामल, कम्बल र तन्ना वितरण गरिएको छ ।
प्रतिक्रिया