भूकम्पपीडितलाई प्रवासीद्वारा ८२ बन्डल जस्ता सहयोग

इनेप्लिज २०७२ असार २६ गते ४:३५ मा प्रकाशित

jastapataफलेवास (पर्वत), २६ असार । रोजगारीका लागि लामो समयदेखि प्रवासमा रहेकाले पर्वतका भूकम्पपीडितलाई जस्तापाता सहयोग गरेका छन् ।

विनाशकारी भूकम्पबाट पूर्णरुपमा घर क्षति भएका परिवार तथा विद्यालयका लागि जस्तापाता वितरण गरिएको हो । रोजगारीका लागि अस्ट्रेलियामा बस्दै आएका पर्वत चित्रेका रुद्र विश्वकर्मा र मन्जु विश्वकर्माले सङ्कलन गरी पठाएको रकमबाट जिल्लाका विभिन्न गाविसका ८२ परिवारलाई एक÷एक बन्डलको दरले जस्तापाता वितरण गरिएको हो ।

आफू जन्मे हुर्केको जिल्लामा विनाशकारी भूकम्पले ठूलो भौतिक क्षति पु¥याएको जानकारी पाएपछि रकम सङ्कलन गरेर पठाएको उनका आफन्तले जनाएका छन् । जिल्लाको चित्रे, तिलाहार, पकुवा, पाङलगायतका गाविसमा पीडितलाई जस्तापाता वितरण गरिएको हो ।

राहत वितरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्वतका सभापति रुद्रबहादुर रिमालले पीडितको राहत र उद्धारमा सामाजिक सङ्घसंस्था र प्रवासी नेपालीले गरेको सहयोगको लागि धन्यवाद दिनुभयो ।

प्रतिक्रिया