धुन्चे (रसुवा), २६ असार । जिल्लाभित्र बसोबास गरिरहेका वास्तविक घर र पारिवारिक लगत सङ्कलन कार्य सुरु भएको छ ।
राष्ट्रिय जनगणनाभन्दा गत वैशाखको विनाशकारी भूकम्पपछि राहत वितरणमा अस्वभाविक रुपमा घरको सङ्ख्या वृद्धि भएको पाइएकाले वास्तविक पत्ता लगाई राहत वितरण कार्य एवम् पुनःनिर्माण कार्यमा सरलीकृत गर्न गाविसमार्फत लगत अध्यावधिक गर्न लागिएको जानकारी प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले दिनुभयो ।
जनगणनाले नौ हजार ८१९ घर प्रमाणित गरेको र वर्तमान समयमा ११ हजार नाघेकाले रसुवामा वास्तविक बसोबास कति हो गाउँ टोलमा लगत लिँदा सही सत्य विवरण उपलब्ध गराई विपद् व्यवस्थापनमा सहयोग गर्न सम्पूर्ण जिल्लावासी दाजुभाइ, दिदीबहिनीसमक्ष आग्रह गरिएको प्रजिअ गेलालले बताउनुभयो ।
प्रतिक्रिया