महिलाको नेतुत्व बिकास आजकोआवश्यकता

इनेप्लिज २०७२ असार २५ गते १७:११ मा प्रकाशित

10420283_807624189297439_3825911493695880371_n (1)अमेरिका विश्व कै एक स्वतन्त्र र प्रजातान्त्रिक देश हो। यहाँ १९६० -७० तिर नै लाखौ महिला अधिकारबादीहरु महिला अधिकार प्राप्तिको लागि आन्दोलनमा उत्रे। जसको फ़लस्परुप यस देशमा लैङ्किग विभेद गर्न पाईदैन। घर, समाज र राज्यमा महिला र पुरुषको अवशर र अधिकार बारबरी पाउने कानुन र सामाजिक मान्यता छ । स्वतन्त्र रुपमा महिलाहरु पनि पुरुष सरह हरेक कुरामा अघि बढ्छन। आफ्नो जीवनको निर्णय आफै गर्न पाउने स्वतन्त्रताका साथ प्रजातान्त्रिक मुलुकमा रहेर पनि नेपाली महिलाहरुको भने नेतृत्व बिकास हुन सकेको छैन। नेपाली समुदायमा महिलाहरुको संख्या झन्डै पुरुष सरह नै देखिएता पनि समाजको नीति निर्माण क्रियाकलापहरुमा महिलाहरुको संख्या अति नै न्यूनतम रहेको अवस्थाले गर्दा महिलाहरुको बिचार र मान्यता समाज र देश निर्माणका कामहरुमा आउन सकीरहेको अवस्था छैन। जसले गर्दा महिला बर्ग ओझेलमा परिरहेका छन। किन हुन सकेको छैन त नेपाली महिलाहरुको नेतृत्व बिकास बिकसित देशमा बसेर पनि?

भनिन्छ महिला र पुरुष एक रथका दुई पाङ्ग्रा हुन् भनेर जो एक अर्का बिना अगाडि बढ्न सक्दैन। जसको अर्थ देश बिकासमा दुबैको उत्तिकै भूमिका रहन्छ। महिला भनेको समाजको आधा अंग हुन्। जसले परिवार, समाजको उन्नात्तिमा ठुलो योगदान पुर्याउदछ। भने अहिले एकाशौ शताब्दीमा आएर पनि नेपाली महिलाको नेतृत्व बिकास हुन नसक्नु भनेको अत्यन्तै दुखको कुरा हो। देशमा मात्र नभएर बिदेशमा आईपुगेर पनि नेपाली महिलाहरुको मानसिकता चार भित्तामा नै सिमित रहन्छ। नेपाली समाजमा महिलाहरुलाईको बिचारलाई समावेश गर्ने तथा उनीहरुलाई हौसला एवं प्रोत्साहन दिएर आगडि बढ्ने बाताबरण दिने खालको सोचको बिकास अझै भैसकेको छैन।

तर, अहिलेको आधुनिक एबं बैज्ञानिक युगमा महिला कमजोर छैनन्। हाम्रो नेपाली समाजको सोच्ने शक्ति कमजोर हो। यसलाई परिबर्तन गर्न समानता र बिकासमा बिश्वास राख्ने सोचहरु एकजुट भएर महिला र पुरुषको हकअधिकार र अवशरमा बराबरी ल्याउँनुछ। महिलाले पनि स्वाभिमान, स्वस्तित्व एवं स्वतन्त्र जीवन जिउँनुछ। त्यस्तै परिवार, समाज र राष्ट्र निर्माणको हरेक कृयाकलापमा महिलाको बिचार र भूमिका समाबेश हुन अति नै महत्वपूर्ण छ। किनकी एउटी महिलाको बिकास भनेको एउटा परिवार, समाजको बिकास हो। त्यसैले म भन्न चाहान्छु महिलाको नेतृत्व बिकास आजको आवस्यकता हो।

प्रतिक्रिया