सुत्केरी श्रीमतीको जिब्रो काटेर हत्या गर्ने पक्राउ

इनेप्लिज २०७२ असार २५ गते ४:३८ मा प्रकाशित

रुकुम, २५ असार । सुत्केरी श्रीमतीको जिब्रोलगायत अन्य अङ्ग काटेर हत्या गर्ने विजयश्वरी–९ अमलाटाकुराका छविलाल बुढालाई प्रहरीले पक्रेको छ ।

बाइस दिनकी सुत्केरी १९ वर्षीया बालिका घर्तीलाई घरेलु हतियार प्रयोग गरी बीभत्स हत्या गर्ने २४ वर्षीय बुढालाई इलाका प्रहरी कार्यालय चौरजहारीले पक्रेको हो । यही असार २१ गते राति घरेलु हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेका बुढालाई आज जिल्ला झिकाइएको रुकुमका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक पुरनबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

जिब्रो काटिएकी, अनुहार, टाउकोलगायत शरीरका अन्य ठाउँमा गम्भीर चोट लागेकी बालिकाको उपचारका निम्ति अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीको मृत्युपछि फरार रहेका छविलाललाई तीन दिनपछि स्थानीयवासीको सुराकमा पक्राउ गरिएको हो ।

प्रतिक्रिया