वर्षा नहुँदा र नहरले पानी नछाड्दा मर्का
विराटनगर, २४ असार । मोरङको टङ्कीसिनुबारीमा धानको रोपाइँ अत्यन्त सुस्त गतिमा छ ।
पर्याप्त मात्रामा वर्षा नहुनु र भत्किएका मूल नहरको हालै मर्मत गरिएकाले सो क्षेत्रमा सिँचाइ हुने डुम्राहा शाखामा पानी नछोडिएकाले एक प्रतिशत पनि रोपाइँ हुन नसकेको हो । करिब दुई सातादेखि खेतीलाई पुग्ने वर्षा भएको छैन । किसानहरु वर्षाका साथै अविलम्ब नहरमा पानी छाडिने आशामा बसेका छन् ।
टङ्कीसिनवारी– ७, ८, ९ र विराटनगर –४ र ५ वडाका अमराही इकराही गाउँका चारैतिरका खेत बाँझै देखिन्छ । पानीको व्यवस्था हुनासाथ रोपाइँ कार्यलाई तीव्रता दिनका लागि कतिपय किसानले सुख्खा खेतलाई जोतेर राखेका छन् । ती क्षेत्रमा सुनसरी मोरङ सिँचाइ आयोजना, डुम्राहा शाखा नहरबाट सिँचाइ हुन्छ । आजसम्म सो शाखामा पानी छाडिएको छैन ।
आयोजनाका प्रमुख मधुकरराज राजभण्डारीले भत्किएका मूल नहरको मर्मत हालै सम्पन्न भएकाले क्षमताअनुरुप पानी छाड्न नसकिएको र सो शाखाको सरसफाइ आजै सम्पन्न हुने भएकाले सम्भवतः आजै पानी छाडिने जानकारी गराउनुभयो ।
टङ्कीसिनवारीका किसान नारायण न्यौपानेले बढीमा असारको तेस्रो सातासम्ममा मन्सुलीलगायत उन्नत जातका धान रोपाइँ सम्पन्न गर्नुपर्नेमा नहरमा पानी नहुँदा यस क्षेत्रका किसान अत्तालिन थालेका छन् ।
ट्रयाक्टर सञ्चालक दौलत साहले तीन महिनादेखि खोलाबाट गिट्टी, बालुवा झिक्ने कार्य बन्द भएको र यतिखेर खेतमा पानी नहुँदा खेतको जोत्न पनि नपाउँदा आपूm मारमा परेको बताउनुभयो । टङ्कीसिनवारी–८ का किसान धनपत मण्डलले ३० मनको बिघामा अढाइ बिघा ठेक्कामा लिएको र अहिलेसम्म रोपाइँ गर्न नसक्दा खेतीमा घाटा लाग्ने अवस्था रहेको दुखेसो राख्नुभयो ।
नहरमा पानी आउनासाथ एकै पटक सबै किसानले रोपाइँ गर्न खोज्दा मजदुरको व्यापक अभाव हुने अवस्था सिर्जना हुने स्थानीयवासी जोनालाल माझीले बताउनुभयो । स्थानीय किसान कविराज न्यौपानेले समयमा रोपाइँ हुन नसक्दा उत्पादन घट्ने भएकाले सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।
यसैबीच कृषि विकास कार्यालयका प्रमुख राजेन्द्र उप्रेतीले मोरङमा २५ प्रतिशतसम्म रोपाइँ सम्पन्न भएको जानकारी गराउनुभएको छ । पूर्वपश्चिम राजमार्ग र जिल्लाको उत्तरी क्षेत्रमा भने ६० प्रतिशतको हाराहारीमा रोपाइँ भइसकेको छ ।
सुनसरी मोरङ सिँचाइ आयोजनाका क्षेत्रमा रोपाइँ कार्यले तीव्रता लिएको तथा बुधनगर र भातिगछ गाविसमा बोरिङको सहयोगले किसानहरु रोपाइँमा व्यस्त रहेको बताउँदै उहाँले भन्नुभयो, ‘धानबाली रोपाइँयोग्य वर्षा अविलम्ब भएमा मोरङ जिल्लामा चाँडै रोपाइँ सम्पन्न हुनेछ ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया