श्रीमती हत्या आरोपित कारागार चलान

इनेप्लिज २०७२ असार २३ गते १५:१८ मा प्रकाशित

jail-650x250खोटाङ, २३ असार । श्रीमती हत्या आरोपमा पक्राउ परेका खोटाङका एक युवक कारागार चलान भएका छन् ।

गत जेठ १९ गते राति निर्घात कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका कुभिन्डे–३ का २९ वर्षीय मनकुमार श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

श्रेष्ठले २२ वर्षीया श्रीमती सुष्मा भनिने लीला राई (श्रेष्ठ) लाई पाइप र लाठीको प्रयोग गरी हत्या गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

मृतक लीलाको माइती पक्षले दिएको जाहेरीका आधारमा पक्राउ परेका श्रेष्ठले श्रीमतीको हत्या आफैंले गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय खोटाङ मुद्दा शाखाका प्रहरी नायब निरीक्षक यादव गौतमले बताउनुभयो ।

घटना अनुसार छोरा बिरामी भएको र सुष्मा छोराको उपचार गर्न स्थानीय स्वास्थ्य चौकी गएकी थिइन् । तिनी साँझसम्म पनि घर नफर्किए पछि क्रुद्ध बनेका श्रेष्ठले बाटोमै कुटेर श्रीमतीको हत्या गरेका थिए ।

घटनापछि माइती पक्षले दिएको उजुरीको आधारमा श्रेष्ठलाई २३ गते प्रहरीले नियन्त्रणमा लिएको थियो ।

घर नजिकै मृत फेला परेकी लीलाको शरीरको विभिन्न ठाउँमा चोट लागेको देखिएको थियो । प्रेम विवाह गरेका श्रेष्ठ दम्पत्तीका दुई छोरा छन् ।

प्रतिक्रिया