घर भत्किँदा मृत्यु

इनेप्लिज २०७२ असार २३ गते ११:३९ मा प्रकाशित

चरिकोट, २३ असार । भीमेश्वर नगरपालिका–१० चरिकोटस्थित मुख्य सडकमा रामबहादुर बुढाथोकीको घर भत्किँदा एकको मृत्यु र अर्का गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा सुस्पाक्षमावती–९ का ४५ वर्षीय श्रीकृष्ण थामी रहेको र घाइते हुनेमा सुस्ता खेमावती–८ का ४३ वर्षीय मानवीर थामी रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

भूकम्पले क्षतविक्षत बनाइएको रामबहादुर बुढाथोकीको पाँचतले घर, इँटा र झ्यालढोका निकाल्ने क्रममा घर भत्किएर घाइते भएका हुन् ।

प्रतिक्रिया