रेडक्रसद्वारा रकम वितरण

इनेप्लिज २०७२ असार २३ गते ४:४१ मा प्रकाशित

red_crossमेलम्ची, २३ असार । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१३ का भूकम्पपीडित परिवारलाई अस्थायी आवास निर्माणका लागि प्रतिघरधुरी रु १५ हजार वितरण मङ्गलबारबाट सुरु भएको छ ।

नेपाल रेडक्रस सोसाइटीले केन्द्रीय दैवी प्रकोप उद्धार समिति र जिल्ला दैवी प्रकोप उद्धार समितिको समन्वयमा वितरण सुरु भएको नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोकका सभापति राजेन्द्रमान ताल्चाभडेल जानकारी दिनुभयो ।

यसैगरी हिजै मेलम्ची नपा–१३ मा २९९ घरधुरीलाई रु ४४ लाख ८५ हजार रकम वितरण गरिसकेको रेडक्रस सोसाइटीका क्षेत्रीय सभापति इन्द्रमणि दाहालले बताउनुभयो ।

रेडक्रसले भूकम्प प्रभावित जिल्लाका ६० हजार घरधुरीलाई रु १५ हजारका दरले रकम उपलब्ध गराउने जनाएको छ ।

रेडक्रसबाट अस्थायी आवास निर्माणका लागि रकम प्राप्त गरेपछि भूकम्प पीडितहरुले सरकारबाट वितरण गरिने रु १५ हजार नपाउने जानकारी पनि दाहालले दिनुभयो ।

प्रतिक्रिया