सप्तरीमा कागती, लिच्ची र अनारको चार हजार बिरुवा वितरण

इनेप्लिज २०७२ असार २३ गते ४:३६ मा प्रकाशित

सप्तरी, २३ असार । कोसी कटान क्षेत्रमा कटान रोक्ने उद्देश्यले ‘एक घर एक बोट’ वितरण कार्यक्रमअन्तर्गत सप्तरीको भारदहमा मङ्गलबार लिच्ची, अनार र कागतीको बोट वितरण गरिएको छ ।

राष्ट्रपति चुरे तराई विकास केन्द्रको सहयोग तथा मधेसी समाजले आयोजना गरेको बोट वितरण कार्यक्रममा भारदह, पोर्ताहा, मधुवापुर गाविसका बासिन्दालाई करिब चार हजार बिरुवा वितरण गरेको जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एमालेकी सभासद् राजलक्ष्मी गोल्छाले कोसी क्षेत्रमा भइरहेको कटान र त्यस क्षेत्रका संरक्षणका लागि ती गाविसका करिब चार हजार घर परिवारलाई लिच्ची, अनार र कागतीको बिरुवा हस्तान्तरण गर्नुभयो ।

उहाँले वितरण गरिएको बिरुवालाई संरक्षण गरिए ती क्षेत्रका बासिन्दालाई आर्थिक लाभसमेत हुने बताउनुभयो ।

प्रतिक्रिया