दुई करोड ९२ लाखको सामान लिलामी

इनेप्लिज २०७२ असार २३ गते ४:३२ मा प्रकाशित

पथरी (मोरङ), २३ असार । विराटनगर भन्सार कार्यालयले रु दुई करोड ९२ लाख ३३ हजार बराबरको सामग्रीको लिलामी गरेको छ ।

भन्सार मुद्दा फाँटका नासु छत्र आलेका अनुसार एक वर्षभित्र बरामद गरिएका रु एक करोड ३३ लाख बराबरको तीन हजार ६०० किलो जडीबुटी, ४४ वटा मोटर साइकल, सुपारी, कपडा र चिनी लिलामी गरिएको हो ।

भन्सारले बरामद गरेका सामानको पसलको होलसेल मूल्य राखेर लिलामी गर्ने प्रावधान छ । सोअनुरुप लिलामी गरिएको हो ।

भन्सार कार्यालय मुद्दा शाखाका अनुसार चालु आवमा भन्सार नकाटी चोरी पैठारीमा संलग्न ४३७ जनालाई मुद्दा चलाएको छ ।

प्रतिक्रिया