खोलामा आएको बाढीले एक युवक बेपत्ता

इनेप्लिज २०७२ असार २३ गते ४:२६ मा प्रकाशित

भीमदत्तनगर, २३ असार । लगातारको वर्षासँगै खोलामा आएको बाढीका कारण कञ्चनपुरको सुडा गाविसका एक युवक बेपत्ता भएका छन् ।

मङ्गलबार दिउँसो सुडा–५ सुन्दरपुरका १९ वर्षीय रमन जोशी बैजनाथ टोल र सुन्दरपुरको बीचमा पर्ने खोलामा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक किशोरकुमार दाहालले बताउनुभयो ।

उहाँले बेपत्ता भएलगत्तै खोजीकार्यमा प्रहरी टोली परिचालन गरिएको बताउनुभयो ।

प्रतिक्रिया