सल्यान, २२ असार । नाबालक छोराको हत्या गरेको आरोपमा सल्यान कालागाउँ–२ का दम्पती पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कालागाउँ–२ का ३० वर्षका जीतबहादुर बस्नेत र उनकी कान्छी श्रीमती ३० वर्षकी सीता बस्नेत रहेको प्रहरीले जनाएको छ ।
बस्नेत दम्पतीले जेठी श्रीमती चन्द्रकलाको एक महिनाको छोरालाई पानीमा डुबाएर हत्या गरेको प्रहरीको आरोप छ ।
उनीहरुले गत शनिबार घरमै पानीमा डुबाएर छोराको हत्या गरेको प्रहरीको दाबी छ । जेठी श्रीमती चन्द्रकलाबाट पाँच जना छोरी मात्रै जन्मेको भन्दै जीतबहादुरले दुई वर्षअघि दोस्रो विवाह गरेका थिए ।
गत मङ्सिरमा कान्छीबाट छोरो जन्मिएको र गएको महिना जेठीबाट पनि छोरो जन्मिएपछि कान्छी पत्नी सीताले पटकपटक धम्की दिने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।
प्रतिक्रिया