गौशाला, २२ असार । महोत्तरीको मनरा गाविसमा एक युवककी पत्नी माइत गएको निहुँमा उनले झुन्डिएर आत्महत्या गरेका छन् ।
मृत्यु हुनेमा मनरा गाविस–७ बस्ने रामप्रगास साहका छोरा २९ वर्षीय अजय साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
तीन÷चार दिनअघि पतिपत्नीबीच घरायसी विवाद भएपछि पत्नी साहलाई छाडेर माइती गएकोमा सोही निहुँमा साहले आज बिहान ५ बजे आफ्नै घरको धुरीमा साडीको पासो लगाई झुन्डिएर आत्महत्या गरेको प्रहरी निरीक्षक नरेश महतोले बताउनुभयो ।
मृतक युवक साहको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ ।
प्रतिक्रिया