अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसी मेट्रो कमिटीको आयोजनामा भर्जिनियाको सेन्टरभिलमा आयोजित एक भब्य कार्यक्रममा बिभिन्न साहित्यिक अग्रजहरुलाई अभिनन्दन, सम्मान, नयाँ कृतिहरुको बिमोचन र साहित्यिक कार्यक्रम सम्पन्न

इनेप्लिज २०७२ असार २१ गते २:५० मा प्रकाशित

DSC05904

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसी मेट्रो कमिटीको आयोजनामा भर्जिनियाको सेन्टरभिलमा आयोजित एक भब्य कार्यक्रममा बिभिन्न साहित्यिक अग्रजहरुलाई अभिनन्दन, सम्मान, नयाँ कृतिहरुको बिमोचन र साहित्यिक कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा २५ बर्ष अघि संस्था स्थापना गरी आज संसार भर पुर्याउन, नेपाली भाषा र साहित्यलाई अन्तरराष्ट्रियकरण गर्न योगदान गरे बापत संस्थाका पिता होमनाथ

सुबेदीलाई बिशेष अभिनन्दन गरियो । यसै गरी नेपाली भाषा साहित्य सँस्कृतिका क्षेत्रमा उल्लेखनिय योगदान गरे बापत साहित्यकारहरु क्रमश: शरद निरौला, कृष्ण धराबासी, काशिनाथ न्यौपाने, जयदेब भट्टराई, चारु शिला मिश्र, प्रा. डा. रामप्रसाद उप्रेती, डा. श्याम कार्की र प्रकाश नेपाललाई बिशेष सम्मान गरियो । अभिनन्दित एबम साम्मनित ब्यक्तित्वहरुलाई काबा नेपाली राजदुत ॠषि राम घिमिरे र संस्थाका अध्यक्ष रामप्रसाद खनालले खादा सहित अभिनन्दन र सम्मान पत्र सहित अभिनन्दन र सम्मान गर्नुभएको थियो ।

DSC05903

खचाखच भरिएको हलमा सम्मानित ब्यक्तित्व प्रा. डा. रामप्रसाद उप्रेतिका दुई नयाँ कृतिहरु काबेली किनार र अन्तिम आकाश काबा राजदुत घिमिरे, संस्थापक अध्यक्ष होमनाथ सुबेदी, अध्यक्ष रामप्रसाद खनाल सहित उपस्थित अग्रज साहित्यकारहरु द्वारा सामुहिक रुपमा बिमोचन गरियो ।

DSC05878

अनेसास का उपाध्यक्ष अरुण रुपाखेतिको स्वागत भासण, सदस्य अनिल खनालको धन्यवाद ज्ञापन, उपाध्यक्ष द्वय भुप नारायण घार्तिमगर र बिमला निरौला, सदस्य रजनी श्रेष्ठको संयुक्त सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा नेपालका भुकम्प पीडितहरुको सहयोगार्थ डोनेशन अभियानमा सक्रिय साथ दिने भुप नारायण घर्ती मगर, अरुण रुपाखेती, अनिल खनाल, मन कुमारी थापा, अम्बिका गुरुङ, रबिन्द्र रजनी श्रेष्ठ, पुस्कर पन्त, एनेपालीजका सम्पादक एबम अनेसास कम्म्युनिकेशन डाइरेक्टर विश्वराज थापा, ए एन एस पूर्व अध्यक्ष, अनेसास सल्लहकार खेम भट्टचन, सम्पादक रामहरी सुबेदी डिसी नेपाल दत कम लगायतका महानुभाबहरुलाई कमिटीका तर्फबाट अध्यक्ष खनाल र काबा राजदुत घिमिरेले प्रशँशा पत्र प्रदान गर्नुभयो । स्मरण रहोस् कमिटीले दश लाख भन्दा बढी भुकम्प पिडितहरुको राहत का लागि अमेरिका बाट सहयोग नेपाल पठाएको थियो ।

DSC05937

कार्यक्रममा काबा राजदुत घिमिरेले आफु साहित्यकार नभए पनि साहित्य प्रेमी भएको सुनाउँदै नेपाली राजदुताबास सधैं अनेसास सँग मिलेर काम गर्न तयार रहेको बताउनुभयो । अभिनन्दित ब्यक्तित्व एबम अनेसास पिता होमनाथ सुबेदीले संस्थाको बारेमा बोल्दै यो अभिनन्दन ले आफूलाई अझै सक्रिय रहन प्रेरित गरेको बताउनुभयो । ( वहाँ को भासण तल प्रस्तुत छ )। प्रा डा राम प्रसाद उप्रेतिले आफुले आज सम्म प्राप्त गरेका सबै राष्ट्रिय अन्तरराष्ट्रिय पुरस्कारहरुलाइ अनेसासको पुरस्कारले फिक्का तुल्याइदिएको भन्दै नेपाली भाषा सँस्कृतिका लागि आफु नमरुन्जेल लागि रहने प्रण गर्नुभयो । सम्मानित साहित्यकारहरु शरद निरौला, कृष्ण धराबाशी, चारु शिला मिश्र, जयदेब भट्टराई, काशिनाथ न्यौपाने, अनेसास बोर्ड अफ ट्रस्टी अध्यक्ष डा. श्याम कार्कीले पनि अनेसास वाशिङ्टन डिसी मेट्रो कमिटिले गरेका कार्यले अनेसासको छबिलाई उच्च बनाएको भन्दै आ आफ्ना मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा अभिनन्दित, साम्मनित ब्यक्तित्व हरु देखी उपस्थित ४ दर्जन भन्दा बढी साहित्यनुरागीहरुले आफ्ना कबिता बाचन गर्नुभएको थियो भने गायक शशी गुरुङ र गायिका मन कुमारी थापाले राष्ट्रिय गीत गाउनुभएको थियो ।

DSC06200 DSC06199 DSC06198 DSC06197 DSC06195 DSC06193 DSC06191 DSC06190 DSC06189 DSC06184 DSC06182 DSC06181 DSC06175 DSC06173 DSC06171 DSC06168 DSC06167 DSC06166 DSC06163 DSC06161 DSC06159 DSC06157 DSC06153 DSC06152 DSC06150 DSC06148 DSC06145 DSC06143 DSC06142 DSC06141 DSC06139 DSC06133 DSC06131 DSC06130 DSC06129 DSC06127 DSC06125 DSC06123 DSC06120 DSC06115 DSC06111 DSC06108 DSC06106 DSC06104 DSC06102 DSC06100 DSC06097 DSC06093 DSC06089 DSC06088 DSC06084 DSC06082 DSC06079 DSC06075 DSC06073 DSC06069 DSC06065 DSC06064 DSC06060 DSC06048 DSC06047 DSC06045 DSC06043 DSC06042 DSC06041 DSC06039 DSC06038 DSC06037 DSC06035 DSC06034 DSC06033 DSC06032 DSC06031 DSC06029 DSC06026 DSC06024 DSC06020 DSC06019 DSC06018 DSC06017 DSC06016 DSC06015 DSC06014 DSC06012 DSC06011 DSC06010 DSC06006 DSC06005 DSC06004 DSC06003 DSC06002 DSC06001 DSC06000 DSC05999 DSC05998 DSC05995 DSC05994 DSC05993 DSC05991 DSC05990 DSC05987 DSC05985 DSC05982 DSC05981 DSC05980 DSC05979 DSC05978 DSC05977 DSC05976 DSC05975 DSC05974 DSC05973 DSC05967 DSC05965 DSC05961 DSC05958 DSC05956 DSC05954 DSC05948 DSC05944 DSC05943 DSC05942 DSC05941 DSC05940 DSC05937 DSC05935 DSC05930 DSC05928 DSC05926 DSC05923 DSC05925 DSC05922 DSC05921 DSC05920 DSC05918 DSC05916 DSC05914 DSC05913 DSC05904 DSC05903 DSC05890 DSC05895 DSC05889 DSC05888 DSC05884 DSC05881 DSC05880 DSC05879 DSC05878 DSC05877 DSC05875 DSC05874 DSC05873 DSC05872 DSC05871DSC05904

प्रतिक्रिया