सांस्कृतिक कार्यक्रमको साथमा Miss Nepal California 2015 को प्रथम पटक आयोजना गरिएको थियो । मिस नेपाल क्यालिफोर्नियामा अनिशा ओली, सुष्मा पन्त, अनुषा कार्की, नमिता पोखरेल, सबु घले र सुष्मिता भण्डारीले भाग लिएका थिए । प्रतियोगितामा डा.दिपक सिम्खडा, सल्लाहकार देवेन पाण्डे, कलाकार आस्था भण्डारी, जसवन्त श्रेष्ठ र Cali Treadwell Rossen थिए । क्यालिफोर्नियामा भएको प्रथम मिस नेपाल क्यालिफोर्निया २०१५ मा अनुषा कार्की बिजेता, सुष्मा पन्त First runner up र अनिशा ओली Second runner up भएका छन । Miss Nepal California 2015 को प्रतिस्पर्धीलाई प्रशिक्षण Miss Nepal 2011 मलिना जोशीले गर्नु भएको थियो । कार्यक्रमको संचालन मलिना जोशी र अबला उपाध्यायले गर्नु भएको थियो ।
चार हप्ताको छोटो तयारीमा सांस्कृतिक कार्यक्रम र मिस नेपाल क्यालिफोर्निया २०१५ सम्पन्न भएको कार्यक्रममा लसएन्जल्स लगायत अमेरिकाका अन्य शहरबाट समेत करिब ४०० दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रमबाट पचास हजार डलर उठाउने लक्ष्य राखिएको र यसमा रकम जम्मा हुने क्रम जारी नै रहेकोले आगामी हप्ता पत्रकार सम्मेलन गरि कार्यक्रमको आय-व्यय सहित सम्पूर्ण जानकारी गराउने एफ-१ ग्रुपका बिश्व सुबेदीले बताउनुभयो ।
प्रतिक्रिया