भूकम्पले च्याउखेती प्रभावित

इनेप्लिज २०७२ असार २० गते १३:११ मा प्रकाशित

धुन्चे (रसुवा), २० असार । उत्तरी रसुवाको स्याफ्रु गाविसस्थित ठूलो मार्खुको च्याउखेती उत्पादनमा ह्रास आएको छ ।

भूकम्पका कारण बीउछरी राखिएको प्रसोधित पराल पोका भुइँमा खस्दा चिसोपनमा शुन्यता छाई च्याउ उत्पदानमा ह्रास आएको हो । युवालक्षित कार्यक्रमअन्तर्गत जिल्ला कृषि विकास कार्यालयको रु दुई लाख अनुदान सहयोगमा ग्रामीण महिलाको आय वृद्धिमा टेवा पु¥याउन १५ जना महिलाको समूह बनाइ गत वैशाख ८ गतेबाट च्याउखेती सुरु गरिएको हो । सुरु गरिएको चार दिनमै भूकम्पले क्षति पु¥याउँदा रु ७० हजार बराबरको नोक्सान भएको आमा महिला समूहकी निमादेवी तामाङले बताउनुभयो ।

पहिलो च्याउखेती नोक्सान भएपछि अर्को बीउ राखेर च्याउखेतीलाई निरन्तरता दिन किसानलाई आग्रह गरिएको वरिष्ठ कृषि विकास अधिकृत रमेश हुमागाईंले जानकारी दिनुभयो । जिल्ला कृषि विकास कार्यालयअन्तर्गत चालु आर्थिक वर्षमा स्याप्रु्रm गाविसमा गरिएको च्याउखेती, तरकारी माछापालनलगायतका कार्यक्रम सर्वपक्षीय रुपमा स्थलगत निरीक्षण गराउने कार्य समेत सम्पन्न भएको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया