करेन्ट लागेर भारतीय मजदुरको मृत्यु

इनेप्लिज २०७२ असार २० गते १३:०९ मा प्रकाशित

ElectricalSafety-300x254दमक, २० असार । करेन्ट लागेर आज बिहान झापाको दमक–१५ स्थित हिमालय चिया बगानमा काम गर्ने २२ वर्षीय राजु राय नामका भारतीय मजदुरको मृत्यु भएको छ । सो बगान पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा सञ्चालन हुँदै आएको छ ।

बगानको वेल्डिङ गर्दागर्दै अचानक करेन्ट लागेर ढलेका राजुको स्थानीय लाइफलाइन अस्पतालमा उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

भारत पश्चिम बङ्गालको पानीटङ्की घर भएका राजुको परिवारलाई खबर गरी शव परीक्षण गरिने प्रहरीले बताएको छ ।

प्रतिक्रिया