उर्लाबारी, २० असार । अन्तरजातीय विवाह गर्ने पाँच जोडीलाई शनिबार मोरङको उर्लाबारीमा सम्मान गरिएको छ ।
दलीय समन्वय नगर समिति उर्लाबारीले आयोजना गरेको ‘छुवाछूत मुक्त समाज निर्माणका लागि जनचेतनासम्बन्धी हाम्रो अभियान’ विषयको अन्तक्र्रिया कार्यक्रममास्थानीयवासी गौरव श्रेष्ठ र सोनिका सुन्दास, प्रमिला सुन्चोरी र सन्दीप कुमाल, सङ्गीता राई र मिलन विक, सागर तामाङ र मीना दर्जी तथा धनबहादुर दर्जी र सानुमाया धिमाललाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
कार्यक्रममा नेपाल दलित सङ्घका केन्द्रीय सदस्य भीमलाल गहतराजले दलितको हकअधिकार स्थापित गर्न गैरदलितलाई सहयोग गर्न आग्रह गर्र्दै गैरदलितको सहयोगबाट मात्रै दलितको हकअधिकार स्थापित हुने र नेपाली समाजलाई छुवाछूत मुक्त बनाउन सकिने बताउनुभयो ।
प्रतिक्रिया