यो हैन भोटको नुन !!

इनेप्लिज २०७२ असार १९ गते १३:०४ मा प्रकाशित

Ram-C-Sharma-2

खैला बैला चल्यो आज असार पन्ध्रको दिन

देशको मान मर्यादा हिलोमा भासियो किन ?

दूध भात पचाएर न सके तिर्न त्यो रिन

गाई रुङ्ग्न पठाएको गोठालो बाघ भो किन ?

पलास फूल राम्रो हो तर बास्ना छबिहिन

शाकाहारी थियो बोको ऊ हिंस्रक भयो किन ?

पूजामा फूल टक्करको मान्दैनन देवता लिन

झुक्किञ्छन कहिले काही देवताहरु ‘नि किन ?

धातुको गुणले चिन्नु आफै बोल्दछ त्यो टिन

सबै सेतो उज्यालो त्यो बस्तु चादी न ‘भा किन ?

श्रोत त्यो मूल नै हो कि क्षणभंगूर हो चिन

दर्के पानि पर्यो आज सुसायो खहरे किन ?

रेस हो रासलीलाको काल छोट्याउछ जीबन

पखेटा टाँसी उद्डैमा धमिरा मर्दछन किन ?

तल माथि भई राख्न यो हैन भोटको नुन

सर्बोपरि संधै हुन्छ रास्ट्रको शान लौ किन ?

खैला बैला चल्यो आज असार पन्ध्रको दिन

देशको मान मर्यादा हिलोमा भासियो सुन !

प्रतिक्रिया