पर्यटकीय क्षेत्र १२ बजे सम्म खुल्ला गर्न रेष्टुंरा व्यवसायीको माग समयलाई परिर्माजित गर्न सकिन्छ ः प्रजिअ सिहं

इनेप्लिज २०७२ असार १९ गते १३:०० मा प्रकाशित

चितवन, १९ असार । पर्यटकीय नगरी सौराहामा रहेका रेष्टुरेण्ट व्यवसायीहरुले पर्यटकीय क्षेत्र १२ बजे सम्म खुल्ला गर्न माग गरेका छन् ।
पर्यटन क्षेत्रमा पर्यटकहरु रमाउन आउने हुदां चितवन प्रशासनले १० सम्म मात्रै होटल तथा रेष्टुरेण्ट सञ्चालन हुदां पूर्ण रुपमा पर्यटकहरुलाई मर्का परेको भन्दै समय बढाएर १२ सम्म बनाउन माग गरेको हुन् ।
सौराहामा रहेका रेष्टुरेण्ट व्यवसायीहरु छाता संगठन रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान सौराहा) ले चितवनमा आएका नयां प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहलाई केशीज रेष्टुरेण्टमा गरेको स्वागत तथा भेटघाट कार्यक्रममा यस्तो माग जोडदार रुपमा राखेका थिए ।
उनीहरुले भुकम्पले समेत पर्यटन क्षेत्रलाई ठूलो मात्रामा प्रभावित पारेको भन्दै पर्यटनमा असर गर्ने नितिलाई फराकिलो दायरा बनाए हेर्न आग्रह समेत गरे । कलार्यक्रममालाई सम्बोधन गर्दै प्रजिअ सिहं राज्यको शुन्य लगानीमा आत्मनिर्भर अब्बल पर्यटन क्षेत्रको विकासका लागि सक्दो सहगोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सौराहामा रमाउन आउने हुदां पर्यटन क्षेत्रको समय बढाएर १२ बजे निर्धारण गर्न सक्दो सहयोग गर्ने बताए ।
साथै उनले होटल तथा रेष्टुंरा आचारसहिता २०७२ लाई पर्यटन क्षेत्र हेरी परिमाजित गर्ने बताए । यहां ठ्ुला लगानी छ उनले भने कुनै कानुनमा समय तोकिएको छैन्, तपाई हामीले नै बनाएको आचारसिहंता हो । तर विधिको कानुन सबै मान्नुपर्छ ।
कार्यक्रममा बोल्दै अध्यक्ष लालबहादुर भट्टले व्यवसाय मैत्री प्रशासन हुनुपर्ने भन्दै काठमाडौ र पोखरा सरह पर्यटन क्षेत्रको समयलाई प्रशासनले हेनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै रेवान सौराहाका पूर्व अध्यक्ष पुरुषोत्तम श्रेष्ठले पर्यटन क्षेत्रलाई मापसे मुक्त क्षेत्र घोषण अनुरोध गरेका थिए । पर्यटकहरु रमाउन सौराहा आउछन् उनले भने–विचमा मापेस हुन्छ यसले गर्दा व्यवसायी भन्दा पर्यटक नै आत्तिएका छन्, यसलाई पुर्न विचार गर्नुपर्छ ।
कार्यक्रममा नै बोल्दै निर्वतमान अध्यक्ष सिताराम कुमालले पोखरा र काठमाडौमा जस्तै चितवनको पर्यटन क्षेत्रलाई २४ सै घण्टा खुल्ला गर्नुपर्ने जोड दिए ।
यसैगरि पूर्व अध्यक्ष सुवासचन्द्र गौतमले सौराहा सानो क्षेत्रमा रहेको हुदां नजिकै मापसेले व्यवसाय नै चौपट बनाएको बताए ।
यस्तै सामुदायिक सेवा केन्द्र रत्ननगरका अध्यक्ष भुपेन्द्र अधिकारीले सौराहालाई बढीले समेत ठूलो असर गरेको भन्दै पूर्व सूचना प्राणली अन्र्तगत सूचना केन्द्र स्थापना गर्नुपर्ने बताए ।
उता कार्यक्रममा बोल्दै चितवनका अनुसन्धान अधिकृत माधव तिमिल्सीनाले विधिको विधान अनुसार व्यवसायमा लाग्न व्यवसायीहरुलाई जोड दिए ।
रेवान सौराहाका अध्यक्ष लालबहादुर भट्ट (राजन)को अध्यक्षतामा सम्पन्न स्वागत तथा भेटघाट कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गोर्कण गिरीले स्वागत मन्तव्य राखेका थिए ।
१० औ फुष्टिवलको संयोजकमा नरेश गिरी
सोही अवसरमा प्रत्येक बर्ष प्रेम दिवसको अवसरमा आयोजना हुने सौराहा फुड फेष्टिवलको १० औ संस्करण सम्पन्न नरेश गिरीको संयोजकत्वमा १७ सदस्ययी कार्यसम्पादन समिति समेत गठन गरि घोषण समेत गरिएको थियो ।
जसको सह–संयोजकमा धुव्र गिरी, महासचिव दिपेन्द्र खतिवडा, सचिव कपिल रेग्मी, कोषाध्यक्षमा अर्जुन चौधरी र सदस्यहरुमा शम्भु माली, ईन्द्रराज चौधरी, यादव श्रेष्ठ, नविन नेपाल, गायत्री श्रेष्ठ पाठक, गोर्कण गिरी, राजकुमार श्रेष्ठ, राजेश तामाङ्ग, ईश्वर रिजाल रहेका छन् ।
यस्तै पूर्व अध्यक्षहरु पूरुषोत्तम श्रेष्ठ, सुवासचन्द्र गौतम र निर्वतमान अध्यक्ष सिताराम कुमाललाई सल्लाहकारमा राखिएको छ । भने क्षेत्रिय होटल संघ सौराहा, साना पर्यटन व्यवसायी समुह, युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था लि, सह आयोजक रहेका छन् ।

प्रतिक्रिया