नयाँ चार नगरपालिकामा शान्ति समिति गठन

इनेप्लिज २०७२ असार १९ गते ३:४८ मा प्रकाशित

कञ्चनपुर, १९ असार । कञ्चनपुरका चारवटा नयाँ नगरपालिकामा नगरपालिकास्तरीय शान्ति समिति गठन गरिएको छ ।

पुनर्वास, बेलौरी, झलारी पिपलाडी र दोधारा चाँदनीमा एक साताको अवधिमा शान्ति समिति गठन गरिएको हो । नगरपालिका क्षेत्रमा शान्ति तथा पुनः निर्माणको कार्यमा सघाउ पु¥याउन शान्ति समिति गठन गरिएको समितिका जिल्ला संयोजक गगनबहादुर सिंहले बताउनुभयो ।

“संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको आपसी सहमतिमा छ÷छ महिनामा आलोपालो प्रणालीमार्फत संयोजक रहने गरी समिति गठन गरेका छौँ”, उहाँले भन्नुभयो ।
पुनर्वास नगरपालिकामा नेपाली काँग्रेस, बेलौरी नगरपालिकामा नेकपा (एमाले), दोधारा चाँदनी नगरपालिकामा एनेकपा (माओवादी) र झलारी पिपलाडी नगरपालिकामा नेपाली काँग्रेसका प्रतिनिधिलाई संयोजकको जिम्मेवारी तोकिएको छ ।

समितिमा संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नौ, द्वन्द्वपीडित परिवारबाट चार, नागरिक समाज सङ्घसंस्थाबाट चार, उद्योग वाणिज्य सङ्घबाट एक र तीन महिलालाई प्रतिनिधित्व गराइएको छ । नगरपालिकामा परामर्श बैठक आयोजना गरी समिति गठन गरिएको हो ।

प्रतिक्रिया