यहि ३० जुन २०१५ कादिन बेल्जियमको पर्यटकिय ब्रुज सहरमा अवस्थित वाटर फ्लिटसामुदायिक भवनमा सयुक्त किरात समाज बेल्जियमले किरात उभौलि चाड २०१५ र संस्थाको बार्षिक साधरण सभा सम्पन्न गरेकोछ ! हाम्रो देश नेपालमा भुकम्प र बािढपहिरोबाट हाम्रा हज्जारौ दाजुभाई र दिदिबहिनिहरुको मृत्यु हुनुका साथै हाम्रा लाखौ नेपालि परिवारहरु घरबार ,परिवार बिहिन भै दुखकषट , पिडा र शोकमा परेको अवस्थामा उभौलि चाडमा नाचगान नगरि सामान्य तरिकाले मनाउने भनि संस्थाले गरेको निर्णयलाइ कार्यनयन गर्दै संस्था कै महासचिब ईन्द्र लिम्बुबाट संचालन कार्यक्रममा संस्थाका उपाध्यक्ष बिमल सुब्बाले उपस्थित सबै सज्जन बृन्दहरुलाई हार्दिक स्वागत र धन्यबाद दिदै स्वागत मन्तब्य दिनु भएको थियो l
संस्थाका अध्यक्ष मुना राईको अध्यक्षतामा सम्पन्न साधरण सभाले महासचिब इन्द्र लिम्बुले प्रस्तुत गरेको संस्थाको बार्षिक कार्यक्रम र प्रगति बिबरण साथै संस्थाका कोषाध्यक्ष कबिता साउदेन लिम्बुले प्रस्तुत गरेको आर्थिक बिबरणहरुलाइ सर्बसम्मतिबाट पारित गरेको छ ! त्यसैगरि संस्थाका सल्लाहकार बदन योङहाङद्वारा प्रस्तुत नेपालमा दर्ता भएको संस्थाको अक्षय कोष संचालनबिधानलाइ पनि सभाले सर्बसम्मतिबाट पारित गरेकोछ ! उक्त साधरण सभाले संस्थाकालाइ प्रभाबकारि र लोककल्यानकारि बनाउन अन्य थुप्रै महत्वपुर्ण गहकिलो आन्तरिक निर्णयहरु पनि गरेकोछ l
जसमा संस्थाको नेत्रित्व स्तरमा केहि ब्यक्तिले मात्र कब्जागरि सधै हाबि भैरहने गलत प्रबृतिलाइ हतोत्साहित गर्न र धेरैभन्दाधेरै सक्षम ब्यक्तिहरु नेत्रित्वमा पुग्न सकोस भन्ने उदेश्यले संस्थाको अध्यक्षमा एक ब्यक्तिले एक कार्यकाल सम्म मात्र अध्यक्ष हुन पाउने बिधानमा नै उल्लेख गर्ने सभाले निर्णय गरेकोछ! सो कार्यक्रममा सदाझै बेल्जियमका सबै नेपालि संघ तथा संस्थाहरुलाइ आमन्त्रित नगरि स्थानिय नेपालिहरुलाइ मात्र निमन्त्रणा गरि नेपालि खाना सेलरोिट अचार , समोसा, मोमो र पिय पदार्थ सहित भोजन गराइएको थियो ! उक्त सभालाइ स्थानिय संस्था एव्रेस्ट नेपालि समाजका अध्यक्ष दुर्गा प्रसाद सुबेदिले पनि सम्बोधन गर्नु भएको थियो l
प्रतिक्रिया