गुल्मी, १९ असार । गुल्मीको वामी गाविसका किसान बाँदरको आतङ्कबाट हैरान भएका छन् । बाँदरले गाविसका काफलटोला, दाल्का, सुदीलगायत स्थानमा केही दिनदेखि मकैबाली नोक्सान गर्न थालेपछि किसान हैरान भएका हुन् ।
गत केही दिनदेखि बढेको बाँदरको आतङ्कले सबैभन्दा बढी नोक्सान मकैबालीमा गरेको किसानले बताएका छन् । यस्तै बारीमा लगाइएका विभिन्न फलफूल तथा तरकारीमा पनि बाँदरले क्षति पु¥याएका छन् । बाँदरले खेतबारीका खान हुने भएका मकै खाने तथा मकै नभएका बोटसमेत उखेलेर सोत्तर बनाउने गरेको किसान तेजेन्द्र जिसिले बताउनुभयो ।
पछिल्ला दिनमा बढेको बाँदर आतङ्कले महिला र साना नानीलाई खेतबारीमा जानसमेत समस्या भएको छ । बाली नोक्सान गरिरहेका बाँदर हाहु गरेर लखेट्न खोज्दा आफैँमाथि झम्टिने गरेको स्थानीय विवेक काफ्लेले बताउनुभयो । वनमा आहारा नभएपछि बाँदर गाउँघर पस्न थालेको बुद्धिजीवीले बताएका छन् ।
प्रतिक्रिया