कम्पनी रजिस्टारको शाखा कार्यालय बन्द

इनेप्लिज २०७२ असार १८ गते ९:४६ मा प्रकाशित

Morang_district_location_mapपथरी (मोरङ), १८ असार । पूर्वाञ्चललाई लक्षित गरेर सेवा सुविधा उपलब्ध गराउन विराटनगरमा खोलिएको कम्पनी रजिस्टारको शाखा कार्यालयमा कर्मचारी नभएपछि बन्द गरिएको छ ।

विराटनगरको पिचरामा एउटा कोठा भाडामा लिएर खोलिएको सो कार्यालय काम नै नगरी बन्द गरिएको छ ।
उद्योग मन्त्री महेश बस्नेतले सो कार्यालय गत कात्तिक १३ गते शुभारम्भ गर्नुभएको थियो । तर कार्यालय सञ्चालन सुरु भएसँगै काजमा आउनुभएका कार्यालयका प्रमुख खगेन्द्र जोशी केही महिनामा काज फिर्ता हुनुभयो ।

अर्का कार्यालय प्रमुख राधेश्याम गिरी आउनुभयो । उहाँ पनि केही समयपछि सरुवा भएर अन्यत्रै जानुभयो । त्यसयता सो कार्यालयमा कुनै पनि कर्मचारी नआएपछि बन्द गरियो ।

पूर्वाञ्चलमा कम्पनी दर्तालगायत अन्य काम गर्न सहज हुने उद्देश्यले स्थापना गरिएको सो कार्यालय कर्मचारी नभएपछि बन्द गरिएको घरेलु तथा साना उद्योगका कर्मचारी श्याम दाहालले बताउनुभयो । बिना बजेटको कार्यालयमा कर्मचारी नबसेको जानकारी आएको दाहालको भनाइ छ ।

प्रतिक्रिया