ललितपुर उपमहानगरपालिकाभित्र आफैँ उम्रिएका गाँजा तथा भाङका विरुवा नष्ट

इनेप्लिज २०७२ असार १८ गते ९:४३ मा प्रकाशित

Rss_Images_1435902905627_SBN_Lalitapur_Ganja ra Bhang Nasta gardaiललितपुर, १८ असार । ललितपुर उपमहानगरपालिका–२ सानेपामा निजी जग्गामा आफैँ उम्रिएका गाँजा तथा भाङका विरुवा प्रहरी तथा स्थानीय बासिन्दाले आज बिहान संयुक्तरूपमा नष्ट गरेका छन् ।

महानगरीय प्रहरी प्रभाग बल्खुको सक्रियतामा प्रभागका सुरक्षाकर्मी तथा स्थानीय बासिन्दा मिलेर करिब दुई रोपनी जग्गामा उम्रिएका गाँजा तथा भाङका विरुवा नष्ट गरिएका हुन् ।

प्रहरी प्रभागका प्रमुख प्रहरी नायब निरीक्षक कृष्णप्रसाद सिटौलाले खेती नगरिएको निजी जग्गा तथा सडक वरपर आफैँ उम्रिएका गाँजा तथा भाङका विरुवा स्थानीय बासिन्दाकै सहयोगमा नष्ट गरिएको बताउनुभयो ।

प्रतिक्रिया