इनरुवा, १८ असार । सुनसरीको सदरमुकाम इनरुवामा बिहीबारबाट विज्ञान मेला सुरु भएको छ ।
स्थानीय भगवती मावि इनरुवाको आयोजना र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को सहयोगमा तीन दिने विज्ञान मेला सुरु भएको हो ।
मेलामा विभिन्न विद्यालयका बालबालिका र विज्ञान शिक्षकहरुको सहभागिता रहेको छ । सभासद् सीताराम मेहताले मेलाको हिजो उद्घाटन गर्दै विज्ञान र प्रविधिको विकासबाटै देश विकास हुने भएकाले त्यसको विकासमा लाग्नु पर्नेमा जोड दिनुभयो ।
नाष्टका प्रा डा जीवनाथ पोखरेलले विज्ञानको विकासले नै विकसित देशहरुले सकारात्मक परिवर्तन गरेको चर्चा गर्दै नेपालमा पनि यसको विकास गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया