पश्चिमाञ्चलमा एघार प्रतिशत मात्रै रोपाइँ

इनेप्लिज २०७२ असार १७ गते १२:०८ मा प्रकाशित

downloadपोखरा, १७ असार । मध्य असारसम्म पश्चिमाञ्चल विकास क्षेत्रमा ११.४ प्रतिशत मात्रै रोपाइँ सकिएको छ ।

तराईका जिल्लामा नौ र पहाडी जिल्लामा १४ .४५ प्रतिशत रोपाइँ भएको छ । यस क्षेत्रमा पानी कम परेकाले गत वर्षको भन्दा कम मात्रामा रोपाइँ भएको छ । आजसम्ममा नवलपरासीमा १५ प्रतिशत, रुपन्देहीमा आठ र कपिलवस्तुमा चार प्रतिशत रोपाइँ भएको छ । मनाङ र मुस्ताङमा भने धान रोपाइँ गरिँदैन ।

यस्तै कास्कीमा ३० प्रतिशत, पर्वतमा २०, गोरखा, लमजुङ र बागलुङमा १५÷१५, म्याग्दी, अर्घाखाँची र पाल्पामा १२/१२, तनहुँ र गुल्मीमा १०÷१० तथा स्याङ्जामा आठ प्रतिशत मात्रै रोपाइँ भएको क्षेत्रीय कृषि निर्देशनालय पोखराका प्रचारप्रसार अधिकृत केशव वरालले जानकारी दिनुभयो ।

नहरबाट सिँचाइ लाग्ने ठाउँमा रोपाइँ सकिएको छ । खडेरीको कारण आकासेपानीको भरमा पर्ने धेरै खेतवारी बाँझै रहेको वताइएको छ । यस क्षेत्रमा धान रोप्नयोग्य जमिन ३५ हजार ७६२ हेक्टर रहेको छ ।

प्रतिक्रिया