चर्पीको प्रयोगमा प्रोत्साहन गर्न सामग्री वितरण

इनेप्लिज २०७२ असार १७ गते ४:५५ मा प्रकाशित

cartoon-toilet-1इलाम, १७ असार । दलित अधिकार मञ्च बरबोटेले यहाँका दलित परिवारलाई शौचालय प्रयोगमा प्रोत्साहन गर्ने उद्देश्यले शौचालयमा प्रयोग हुने विभिन्न सामग्री वितरण गरेको छ ।

बरबोटे गाविसको सहयोगमा ५० परिवारलाई शौचालयमा प्रयोग हुने बाल्टी, जग, हरपिक र ब्रस वितरण गरिएको हो ।

कार्यक्रममा दलित अधिकार मञ्च इलामका अध्यक्ष रुद्र दर्नाल र प्रमुख अतिथि गाविस सचिव सन्तोष श्रेष्ठले ती परिवारलाई सो सामग्री वितरण गर्नुभएको हो ।

गाउँ विकास समितिको लक्षित वर्गअन्तर्गतको रकमबाट मञ्चले सो सामग्री वितरण गरेको हो । बरबोटे गाविस खुला दिसामुक्त घोषणा भएकाले शौचालयको प्रयोगमा प्रोत्साहन गर्न सामग्री वितरण गरिएको अध्यक्ष रुद्र दर्नालले बताउनुभयो ।

अघिल्लो वर्ष पनि बरबोटेका ९० दलित घरपरिवारलाई सामग्री वितरण गरिएको थियो ।

प्रतिक्रिया