एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार छनोट विधि –२०१५

इनेप्लिज २०७२ असार १६ गते २१:२९ मा प्रकाशित

नेपाल पत्रकार महासंघ बेलायत शाखाको सहकार्यमा र गैरआवासीय नेपाली संघ बेलायतको विशेषसक्रियतामा स्थापना भएको एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार–२०१५ को छनोटका लागिनिम्नानुसारको व्यवस्था गरिएको छ । सो पुरस्कारको स्थापना गैरआवासीय अभियान सम्बन्धि कलमचलाउने पत्रकारलाई प्रदान गरिने प्रारम्भिक लक्ष्य भएतापनि हाल देशमा गएको विनाशकारीभुकम्पलाई मध्यनजर गर्दै पुरस्कारका लागि आव्हान गरिएका लेख रचनाहरुको प्रकृतिमा केही संशोधनगरिएको छ । संघको आगामी अक्टोवरमा हुने विश्व सम्मेलनमा सो पुरस्कार वितरण गर्ने उद्देश्यलेदेहाए बमोजिमको कार्यतालिका प्रस्ताव गरिएको छ ः

१. जुलाई महिनाको१ तारिख भित्र गैरआवासीय नेपाली संघको वेब साइटमार्फत पुरस्कारकालागिआह्वान गरिनेछ ।

२. आह्वान गरेको१ महिनाभित्र, प्राप्त एनआरएन अभियानसम्बन्धी र देशमा फैलिएका महामारीतथा राष्ट्रिय विपत्ति, प्रवासी नेपाली जनजीवन लगायत तिनका हकहितका बारेमा खोजमूलकश्रव्य–दृश्य सामांग्री, लेख, रचना तथा समाचारहरुका प्रकाशित÷प्रसारित सामांग्रीहरु लिपीबद्ध

गरी अध्ययन गरिनेछ ।

३ .प्राप्त भएका आवेदनहरुलाई मूल्याब्कन गर्नका लागि नेपालका पत्रकारितामा दखल राख्ने,विभिन्न पुरस्कार समितिमा काम गरिसकेका अनुभवी प्राज्ञ तथा वौद्धिक व्यक्तित्वहरु रहेको एकस्वतन्त्र समितिबाट दुई हप्ताको समय सीमाभित्र बढीमा उत्कृष्ट तीन समाचार, लेख तथा

श्रव्य–दृश्य सामांग्रीहरु छानिने छन्।

४. विशेष समितिबाट छानिएका उत्कृष्ट तीन रचनाहरु मध्येबाट संस्थागत, व्यक्तिगत वा संयुक्तरुपमा एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार २०१५ प्रदान गरिने छ ।

५. देशको वर्तमान अवस्थालाई मध्यनजर राख्दै राष्ट्रिय विपत्ति तथा महामारीसंग सम्बन्धितसमाचार, लेख, रचनाका अतिरिक्त तपसील बमोजिमको योग्यता भएका ब्यक्तिलाईपुरस्कारका लागि योग्य मानिने छ ।एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार–२०१५ का निम्ति दर्खास्त आह्वाननेपाल पत्रकार महासंघ बेलायत र गैरआवासीय नेपाली संघको विशेष सक्रियतामा स्थापना गरिएकोएनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार २०१५ का लागि निम्नानुसार योग्यता भएकासञ्चारकर्मीहरुमा यो सूचना जारी गरिएको छ । विश्वको कुनै पनि कुनामा रहेका नेपाली र मातृभमिनेपालका लागि पत्रकारितामार्फत योगदान दिइरहेका पत्रकारहरुलाई पे्ररित गर्ने उद्देश्यका साथ स्थापना

गरिएको यो पत्रकारिता पुरस्कार प्रत्येक दुई वर्षमा प्रदान गरिनेछ ।पुरस्कारका लागि निम्नलिखित आधारहरु तोकिएका छन्–– विश्वको कुनै पनि भागमा रहेर सञ्चालित प्रकाशन गृहमार्फत पत्रकारिता गरिरहेका कुनैपनिभाषामा पत्रकारिता गर्ने नेपाली पत्रकारहरु, पुरस्कारका लागि योग्य हुने छन् । विभिन्नसञ्चार माध्यममा प्रकाशित लेख, रचना, समाचार आदि लगायत श्रव्य, दृश्य सामांग्रीहरुकाआधारमा पत्रकारिता पुरस्कार प्रदान गरिने छ ।– देशमा फैलिएको महामारी, राष्ट्रिय विपत्ति तथा प्रवासी नेपाली जनजीवन लगायत तिनकाहकहितका बारेमा प्रकाशित÷प्रसारित खोजमूलक सामांग्री, लेख, रचना तथा समाचारहरुलाईप्राथामिकता दिइने छ । पुरस्कारका लागि आहवान गरेपछि तोकेको अवधिमा परेका

आवेदनहरुबाट उत्कृष्ट रचना छानिने छ ।– पत्रकारितामा कम्तीमा पा“च वष लगातार काम गरेको पत्रकारहरु मात्र समावेश हुनेछन्।

– सामाजिक सञ्जालबाहेक अनलाइन लगायत छापा, श्रव्य, दृश्य आदि माध्यममाप्रकाशित÷प्रसारित भएका वा हुन योग्य सामांग्री प्रतिस्पर्धामा सहभागी गराउन सकिने छ ।– मौलिक लेखन, उचित श्रोतका प्रयोग, मल्टिमिडियाको प्रयोग, खोजमूलक, अनुसन्धनात्मक,

सन्तुलित, निष्पक्ष समाचार लगायतका आधारमा उत्कृष्ट रचनाहरु छानिनेछ । उत्कृष्ट रचनाकाअतिरिक्त आवेदकको पृष्टभूमि, अनुभवलाई समेत छनोटको आधार मानिने छ ।

– उत्कृष्टताको छनोट विशेष समिति र गैरआवासीय नेपाली संघको पुरस्कार वितरणउपसमितिको निर्णयको आधारमा हुनेछ, धेरैले पढेको अथवा शेयर भएका भन्दैमा उत्कृष्ट

समाचार मानिने छैन ।– विशेष समितिबाट छानिएका उत्कृष्ट तीन रचनाहरु मध्यबाट संस्थागत, व्यक्तिगत वा संयुक्त

रुपमा, १ लाख १ हजार रुपैया“ नगद पुरस्कार तथा प्रमाणपत्रसहित एनआरएन अन्तर्राष्ट्रियपत्रकारिता पुरस्कार २०१५ प्रदान गरिने छ ।

सूचना जारी भएको मितिले चार साताभित्र अपूmले लेखेको श्रव्य–दृश्य, समाचार, लेख रचनाहरुकाप्रकाशित÷प्रसारित सामांग्रीहरु लगायत व्यक्तिगत विवरणसहित निम्न ठेगानामा पठाउनु हुनअनुरोध छ ।

Non Residential Nepali Association,

Pachali Sahid Sukra,

FNCCI Milan Marga

Teku, Kathmandu, Nepal

Email: [email protected]

आइपुग्नु पर्ने मिति— ३१ जुलाई, २०१५ (सा“झ ६ बजे)

(तोकिएकोसमयभित्र नआएका रचनाहरुलाई समावेश गरिने छैन ,आवेदकले आफना रचनाको एक प्रति

इलेक्ट्रोनिक कपी अनिवार्य रुपमा पठाउन पर्ने छ )

प्रतिक्रिया