दुई मजदूरको कर्णाली नदीमा खसेर मृत्यु

इनेप्लिज २०७२ असार १६ गते १२:३१ मा प्रकाशित

कालिकोट, १६ असार । कर्णाली राजमार्गअन्तर्गत कालिकोटको कोटबाडा गाविस लालीघाट बजार नजिकै सडक निर्माणमा काम गर्दै गरेका दुई मजदूरको आज दिउँसो कर्णाली नदीमा खसेर मृत्यु भएको छ ।

सडकमा रहेको ढुङ्गा पल्टाउन खोज्दा ढुङ्गासँगै कर्णाली नदीमा खसेर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा सिउना गाविस–४ का कमल तिरुवा र रकु गाविस–३ बस्ने विन्द तिरुवा रहेको स्थानीय दिपक सुनारले जानकारी दिनुभयो ।

उनीहरू विगत १५ दिनदेखि मजदूरको रुपमा काम गर्दै आएको बताइएको छ ।

प्रतिक्रिया