शुक्रबार, माघ ७ २०७८
काठमाडौं १९:२३
वासिङटन डिसी 08:38

ढुङ्गाले लागेर आमाछोरीको मृत्यु

इनेप्लिज २०७२ असार १६ गते १२:३० मा प्रकाशित

भीमदत्तनगर, १६ असार । बाजुराको बडिमालिका नगरपालिका– १ भैरीभीरमा मङ्गलबार भीरबाट खसेको ढुङ्गा लागेर आमाछोरीको मृत्यु भएको छ ।

सदरमुकाम मार्तडीबाट घरतर्फ जाँदै गर्दा ढुङ्गा लागेर २० वर्षीया रोशनी रोकाया र तिनकी दुई महिनाकी छोरी प्रमिला रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रमिलाको घटनास्थल मै र रोशनीको उपचारका लागि मार्तडी लैजाँदै गर्दा बीच बाटोमै मृत्यु भएको हो ।
शव परिक्षणपछि मृतकका आफन्तलाई आजै बुझाइसकिएको छ ।

प्रतिक्रिया