उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा मुरारका

इनेप्लिज २०७२ असार १६ गते १०:२६ मा प्रकाशित

480X320_283853644333f3696df7af30f72f0348काठमाडौँ, १६ असार । निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ विशेष साधारणसभाबाट कार्यबाहक अध्यक्ष पशुपति मुरारका कार्यकारी अध्यक्ष हुने निश्चित भएको छ ।

यही भोलि बिहीबार हुने साधारणसभापछि हुने निर्वाचनमा अध्यक्षका लागि प्रत्यासी भास्कर राजकर्णिकार र भवानी राणाले उम्मेदवारी फिर्ता लिने निर्णय गरेपछि मुरारका अध्यक्ष हुनुहुने भएको हो । राजकर्णिकारले मङ्गलबार उम्मेदवारी फिर्ता लिएका हुन् भने राणाले आजै पत्रकार सम्मेलन गरी महासङ्घको एकताका लागि उम्मेदवारीबाट फिर्ता लिएको बताउनुभएको हो ।

महासङ्घका अध्यक्ष प्रदीपजङ्ग पाण्डे भ्रष्टाचार मुद्दामा मुछिएपछि महासङ्घ नेतृत्वविहीन भएको थियो । आगामी २१ महिनाको कार्यकालका लागि यस विशेष साधारणसभाले मुरारकालाई औपचारिक रुपमा अध्यक्ष बनाउनेछ । महासङ्घमा ९३ वटा जिल्ला नगर उद्योग वाणिज्य सङ्घ छन् । ९६ वस्तुगत सङ्घ छन् । त्यस्तै ६३५ एसोसिएट र २० अन्तर्राष्ट्रिय सङ्घ छन् ।

प्रतिक्रिया