अमेरीकाका घरबाहर बिहिनलाई नेपालीले खाना खुवाए

इनेप्लिज २०७२ असार १६ गते ०:३३ मा प्रकाशित

11144077_707372309408259_3289887127742565416_nअमेरिकाको टेक्सासको आर्लिंगटनमा सन् २०१२ नेपाली द्वारा स्थापना भएको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रियले बिश्व कै धनि राष्ट्र अमेरिकाको टेक्सास राज्यको फोर्थवर्थ डलसमा गत जुन २७ तारिख युनिटी पार्कमा घरबार बिहिन ,अशक्त तथा मागेर जीविका चलाउने मानिसहरुलाई भोजन गराएको छ l

बिगत भन्दा हाल घरबाहर बिहिन मानिसहरु वृद्धि हुदै गएको जानकारी संस्थापक देवी आचार्यले गराए l यसपाली करिब ५०० जना जति घर बाहर बिहिनलाई खानामा स्वास्थ्य तथा स्वादिस्ट कुखुराको मासु ,गेडागुडी ,भात तथा सलाद आदि खुवाएको जनाएको छ l

यसको खर्च कम्तिमा १ हजार ५ सय डलर लाग्ने भएकोले अर्थ सहयोग गर्न चाहना राख्ने दानबिरहरुको लागि द्वार खुला राखिएको संस्थाले बताएको छ l

11540844_707308019414688_2272791570720095759_n

खाना खुवाउने अतिरिक्त संस्थाले उनीहरुको लागि स्वास्थ्य ,शिक्षा र जिविको पार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि गरि रहेको छ l हरेक महिनामा नेपालको पशुपतिनाथमा घरवार बिहिन ,भिखारी र आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई समेत बिशेष सहयोग प्रदान गर्दै आएको जानकारी देवी आचार्यले दिदै उनीहरुको स्वास्थ्य उपचार तथा लुगा फाटाहरु समेत उपलब्ध गराई सहयोग गरिदै आएको बताएका छन् l

हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) अमेरिकी सरकारको मुनाफा रहित सामाजिक संस्थामा दर्ता भएको छ l

11665422_708373142641509_4098697178054508491_n 11219363_707310336081123_7780565892943508725_n

प्रतिक्रिया