सृजनाका यात्राहरूमा “माटो र मन”

इनेप्लिज २०७२ असार १५ गते १४:०४ मा प्रकाशित

srijanaYन्यु योर्कमा नियमित संचालन हुने नेपाली भाषा साहित्यको कार्यक्रम सृजनाका यात्राहरुमा यसपटक सहदेव पौडेलको कविता कृति “माटो र मन”को परिचय कार्यक्रम ज्याक्सन हाइट्समा रहेको स्थानीय थकाली किचेन रेस्टुरेन्टमा यहि आइतबार जुन २८का दिन सम्पन्न भयो।

कार्यक्रममा देश, परदेश र आफ्नै परिवेशमा लेखिएका “माटो र मन”का कविताहरु बिभिन्न सर्जकहरुले वाचन गर्नुका साथै सर्जकहरुले आ-आफ्नो रचनाहरु सुनाउनु भएको थियो। रचना सुनाउनेहरुमा बिकाश बिस्ट, मनु लोहरुंग राई, गीता पन्थ, शकुन्तला ज्ञवाली, सुनीता शर्मा, कमला प्रसाई, किशन सिं धामी,पुण्डरी अर्याल,प्रबिण, राजन थपलिया हुनु हुन्थ्यो। “माटो र मन”का सर्जक सहदेव पौडेलले पुस्तक तयार पर्दाको अनुभव सँगै संग्रहबाट केहि कविताहरु पनि सुनाउनु भएको थियो। कार्यक्रममा शैलेश श्रेष्ठ शुभकामना दिनु भएको थियो भने कार्यक्रमको संचालन कवि मणी बाङ्ग्देलले गर्नु भएको थियो। “माटो र मन” पुस्तक बिक्रिबाट जम्मा भएको ४८५ डलर ग्रासरुट मुभमेन्ट इन नेपाल(GMIN)ले गर्दै आएको स्कुल र घरहरुको पुनर्निमाणको लागि सहयोग स्वरुप GMIN का एक संस्थापक अन्जन श्रेष्ठलाई प्रदान गरियो। कार्यक्रममै न्यु योर्कमा नेपाली हस्तकलाको पसल ‘मिस्टिक कर्नर’ संचालन गर्दै आउनु भएका सजन पौडेलले आफ्नो पसलमा जम्मा भूकम्प प्रभावितहरुको लागि भनेर जम्मा गर्नु भएको ५०१ डलर पनि GMIN लाई प्रदान गरियो।

सृजनाका यात्राहरु न्यु योर्कमा नियमित आयोजना हुने साहित्यिक कार्यक्रम हो।

प्रतिक्रिया