आऊ, मिलाउँ हातहरु, एनआरएन अमेरिका जुट्दै छ मातृभूमि पुनर्निर्माणमा: अध्यक्ष डा. केशब पौडेल…….

इनेप्लिज २०७२ असार १५ गते १०:४३ मा प्रकाशित

11008567_1078951118800734_2029227109532502581_nन्यूयोर्क । गैर आवाशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन) अमेरिकाका अध्यक्ष डा. केशब पौडेलले मातृभूमिमा गएको प्रलयकारी भुकम्प पछि एकिकृत बनेको नेपाली अमेरिकन डाएसपोराको स्रोत, शिप  , दक्षता र क्षमता पुनर्निर्माण तर्फ केन्द्रित गर्न आफ्नो नेतृत्वमा रहेको संघ नेतृत्वदायी भूमिकाको लागि तयार र सक्षम रहेको बताएका छन् । ग्लोबल नेपाली डाएसपोरा मध्य शिर्ष स्थानमा रहेको नेपाली अमेरिकनलाई गैर आवाशीय आन्दोलनको केन्द्र बनाउन समेत आफ्नो नेतृत्वले तय गरेका योजनाले सफल सिद्ध गर्ने विश्वास व्यक्त गरेका छन् । शनिबार अल्बानी, न्यूयोर्कका नेपाली समुदायद्वारा आयोजित भुकम्प पिडितहरुको सहयोगार्थ संकलित रकम हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले यस्तो उद्घोष गरेका हुन् । समारोह पछि संचार माध्यामहरुसंग कुरा गर्दै अध्यक्ष पौडेलले संघ भित्र देखिएका साना-तिना मतभेदहरु छलफल र संवादद्वारा सल्टाउन आफु सदैव तयार रहेको बताउदै निकट भविष्यमै संघ सम्पूर्ण  नेपाली अमेरिकनलाई साथमा लिएर मातृभूमि पुनर्निर्माणको बृहद कार्यक्रम सहित स्वदेश फर्किने तयारीमा रहेको बताएका छन् । पौडेले भने, ‘मातृभूमि पुनर्निर्माणको लागि संघको केन्द्रिय नेतृत्वसंग समन्वय गर्दै नेपाल सरकारसंग हातेमालो गरेर प्रलयकारी भुकम्पले अति प्रभावित क्षेत्रको भौतिक पुनर्संरचना निर्माणको लागि नेपाली अमेरिकनलाई साथमा लिएर संघले छिट्टै बृहद कार्यक्रम ल्याउदै छ ।’

पौडेलले संघको निर्वाचन लगत्तै आफ्नो नेतृत्वले प्रलयकारी भुकम्पले अति प्रभावित क्षेत्रमा उद्धार, राहत, स्वास्थ्य उपचार अभियान संचालन गरेको स्मरण गराउदै सम्पूर्ण नेपाली अमेरिकनको साझा थलो एनआरएन मार्फत सुरु गरिने मातृभूमि पुनर्निर्माणको अभियानमा जोडिन समेत आग्रह गरे । पौडेलले भने, ‘संघ छिट्टै सहमति र सहकार्यमा सांगठानिक संरचनाहरु निर्माण गर्न सल्लाहकार र कार्यदल निर्माणको प्रक्रियामा जुटेको र राम्रा र असल नेपाली अमेरिकन अगुवाहरुको नाम सिफारिश गर्न समेत सम्पूर्ण नेपाली अमेरिकनलाई अनुरोध गर्दछु ।’ उनले  यस अघि संघ भित्र देखिएका त्रुटीहरुलाई सच्याउदै सम्पूर्ण नेपाली अमेरिकनको एनआरएन बनाउन हातेमालो गर्नु जरुरी रहेको र यस कामको लागि जित-हार र पक्ष-विपक्षको मानसिकताबाट उठेर सकारात्मक सोच सहित एकता र सहकार्य खाँचो रहेको र यस्तो कार्यको लागि एनआरएन अमेरिकाको ढोका आफुले सदैव खुल्ला राखेको बताए । पौडेलको जोड थियो हामि संसारको महाशक्ति राष्ट्र र बृहद प्रजातान्त्रिक मुलकमा बस्ने भाग्यशाली नेपाली अमेरिकन हौँ र अमेरिकी मुलधारको समाजिकिरण र पहिचानको मुद्धामा समेत काम गर्नु जरुरी छ र यसको लागि सकारात्मक सोच सहित एकता र सहकार्य खाँचो रहेको रहेको छ । मेरो सम्पूर्ण साथिहरुलाई बिन्ति छ, विवाद र कलह छोडेर सकारात्मक सोच सहित आउनुहोस एनआरएन अमेरिकाको झन्डामा गोलबद्ध हुन एकता र सहकार्यको यो आग्रह र अभियानमा हामि संसारकै अब्बल नेपाली जाति हुन सफल हुने छौ ।अमेरिकी मुलधारमा स्थापित र सामाजिकीकरण हुन सफल हुने छौ । मातृभूमिको सेवा गर्न सफल हुने छौ । पौडेलले मातृभूमि नेपालको बन्न लागेको संबिधानमा राजनीतिक अधिकार बाहेकको नेपाली नागरिकता निरन्तरता सुनिस्चित भएको खबरले आफु हर्षित बनेको बताउदै मातृभूमिलाई यतिबेला गैर आवाशीय नेपालीको सहयोगको खाँचो रहेको हुँदा सहयोगी हातहरुलाई मातृभूमि पुनर्निर्माणमा डोर्याउन एनआरएन अमेरिकाले समन्वयकारी भूमिका निर्बाह गर्ने जानकारी दिए । समारोहमा अल्बानी, न्यूयोर्कका नेपाली समुदायका अध्यक्ष डा, अशोक सेढाइले मातृभूमिमा गएको प्रलयकारी भुकम्पले पिडित परिवारजनको सहयोगार्थ संकलित १४ हजार ६ सय ७४ अमेरिक डलर संघका अध्यक्ष डा. केशब पौडेललाई हस्तान्तरण गरेका थिए । समारोहमा संघका उपाध्यक्ष बन्दना कोइराला, सदश्यहरु मोहन ज्ञवाली, गोमा सेन, सुर्य लम्साल लगायतले संघको गतिबिधि बारे आ-आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया