मुक्त कमैयालाई घर निर्माण

इनेप्लिज २०७२ असार १५ गते ३:५३ मा प्रकाशित

Mukta-kamiya_harekpal-624x391भीमदत्तनगर, १५ असार । सरकारले हलिया समुदायलाई मुक्त गरेको झन्डै छ वर्षपछि डडेल्धुराका मुक्त हलियाका लागि घर निर्माण गर्ने भएको छ ।

सरकारले मुक्त हलियाको पुनः स्थापनाका लागि ल्याएको योजनाअन्तर्गत यसै आवभित्र घर बनाउने कार्यक्रम अन्तिम चरणमा पुगेको मुक्त हलिया पुनः स्थापना समितिका सदस्य तुलाराम सार्कीले जानकारी दिनुभयो । कार्यक्रमअनुसार डडेल्धुराका २८ हलिया परिवारलाई घर निर्माण अन्तिम चरणमा पुगेको र २० परिवारको घर मर्मत गर्ने तथा १५ परिवारका लागि जग्गा खरिद गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

पुनः स्थापना समितिले १५ परिवारका लागि जग्गा खरिद गर्न रु एक लाख ५० हजार, घर मर्मतका लागि रु एक लाख र घर निर्माणमा रु दुई लाख ५० हजार बजेट विनियोजन गरेको जनाएको छ । डडेल्धुरा जिल्लाका प्रमाणीकरणमा परेका दुई हजार ५७६ हलिया परिवारमध्ये हालसम्म एक हजार ४४२ जनाले परिचयपत्र लिइसकेका छन् ।

प्रतिक्रिया