म्याग्दीमा पुस्तकको अभाव

इनेप्लिज २०७२ असार १५ गते ३:४८ मा प्रकाशित

Myagdi_district_locationबाबियाचौर (म्याग्दी), १५ असार । शैक्षिकसत्र सुरु भएको साढे दुई महिना भए पनि म्याग्दीका विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन ।

पाठ्यपुस्तक छपाइ, ढुवानी र वितरणमा ढिलाइ हुँदा विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउन नसकेका हुन् । भूकम्पका कारण सबै क्षेत्र अस्तव्यस्त बनेकाले पाठ्यपुस्तक प्रकाशन र वितरणमा समेत समस्या भएको जिल्ला शिक्षा अधिकारी दिलीपकुमार ठाकुरले बताउनुभयो ।

जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेको छैन । बर्खे बिदा नसकिँदै विद्यालयसम्म पाठ्यपुस्तक पु¥याउने प्रयास गरिरहेको जिशिअ ठाकुरले बताउनुभयो । पुस्तक व्यवसायी सङ्घ म्याग्दीका अनुसार जिल्लाका सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत एक हजारभन्दा बढी विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन् ।

शिक्षा कार्यालयका अनुसार कक्षा ८ मा जिल्लाभर दुई हजार ५७१ विद्यार्थी अध्ययनरत छन् । कक्षा ९ र १० मा पनि केही ऐच्छिक विषयका पाठ्यपुस्तक पुगेको छैन । पुस्तक प्रकाशन र वितरण गर्ने जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रको ढिलाइका कारण विद्यार्थीले समयमै पुस्तक पाउन नसकेको सङ्घका अध्यक्ष लीलाराम गौतमले बताउनुभयो ।

टाढाका विद्यालयमा पहिले पुस्तक पठाउन प्राथमिकता दिएकाले सदरमुकाम आसपासका विद्यालयका विद्यार्थीले अझै पुस्तक पाएका छैनन् । जनक शिक्षा सामग्री केन्द्रले चैतमै बेनीमा बिक्री कक्षा स्थापना गरे पनि जिल्लामा मागअनुसारका पाठ्यपुस्तक उपलब्ध नगराई फर्केको छ ।

पाठ्यक्रम पूरै परिवर्तन भएको कक्षा ८ का पाठ्यपुस्तक उपलब्ध नहँुदा पठनपाठन प्रभावित बनेको छ । “कक्षा ८ का पाठ्यपुस्तकमा समस्या छ । समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा पु¥याउन हामीले पनि ताकेता गरेका छौँ”, शिक्षा कार्यालयका शाखा अधिकृत टेकप्रसाद पाण्डेले भन्नुभयो ।

प्रतिक्रिया