कवि गोष्ठी सम्पन्न

इनेप्लिज २०७२ असार १४ गते ११:४७ मा प्रकाशित

DSC_0245जून २७,२०१५

कोलोराडो, अमेरीका
अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा आईतबार
कोलोराडोको थ्रोन्टनमा साहित्य संगम कवि गोष्ठी सम्पन्न भयो ।
कवि देव भट्टराईको आतिथ्यमा सम्पन्न कवि गोष्ठीमा २२ जना कवि, कवयत्री तथा सर्जकहरुले आ(आफ्नो रचना प्रस्तुत गरेका थिए । यसरी कविता बाचन गर्नेहरुमा टेक्ससबाट आएकी कवयत्री सारदा पाठक, अन्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय अध्यक्ष पदम विश्वकर्मा डा. विजयराज शर्मा , कलाकार निर्मल प्याकुरेल, कवि देब भट्टराई भुपेन्द्र महत लगायतका कवि कवयत्री रहेका थिए ।
गद्य, पध्य, स्रिंगारीक जस्ता शैलीहरुमा वाचन गरिएका अधिकांश कविताहरुमा नेपालको भुकम्प र भुकम्प पछिको वर्तमान अवस्था झल्काउन खोजिएको थियो । मानिस भाग्यको खोजिमा संसारको जुनसुकै कुनामा बसेर, जस्तो सुकै सुःख र सुविधा उपभोग गरेपनि जन्मे हुर्केको देशको मायां ममता त्याग्न सक्दो रहेनछ भन्ने दृश्य यहां प्रष्ट देख्न सकिन्थ्यो ।

DSC_0234
कार्यक्रममा देव भट्टराईको सुरिलो छन्दमा प्रस्तुत कवीता, यसोदा भट्टको असारे गीत, बाल कलाकार पल्लवी भुषालको जहां छन् बुद्धका आंखा, वसन्त लम्सालको भुकम्प संवन्धि गीत, भुपेन्द्र महतको गजल, र उषा किरण अधिकारीको गीतलाई खुलेर प्रशंसा गरेका थिए ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष भुपेन्द्र महतको सभापतित्वमा तथा कवि भोला सिवाकोटीको संचालनमा सम्पन्न कवि गोष्ठीको डा.विजयराज शर्माले समिक्षा गरेका थिए । उनले कवि गोष्ठीमा प्रस्तुत गीत लगतयतका श्रृजनाको प्रस्तुतीले चट्नीको काम गरेको भन्दै यही हुर्के बढेका र नेपाली भाषमा दख्खल नभएका बाल बालीकालाई अंग्रेजी भाषामै भएपनि कविता लेख्न सिकाउंदा पछि नेपाली संस्कृतीको विकासमा टेवा पुग्ने बताए ।

DSC_0260
मानिस जहां जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृती जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ सिर उठाई बाच्न आºनो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७२ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा प्रत्येक महिनाको अन्तिम आईतवार कवि गोष्ठीको आयोजना हुने गर्दछ ।

DSC_0301

प्रतिक्रिया