पथरी (मोरङ), १४ असार । एकीकृत माओवादीका सचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले साउनको दोस्रो हप्ताभित्र नेपाली जनताले नयाँ संविधान पाउने बताउनुभएको छ ।
मोरङको उर्लाबारीमा आज सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता पुनले साउनको दोस्रो हप्तासम्म संविधान जारी भएर साउन महिनाभित्रै राष्ट्रिय सहमतिको सरकार गठन हुने बताउनुभयो ।
शान्ति प्रक्रियाको कडीको रुपमा संविधान निर्माणको काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै नेता पुनले १६ बुँदे सहमतिअनुसार चार मुख्य दल अहिले संविधान निर्माण प्रक्रियामा सक्रिय रहेको बताउनुभयो ।
प्रधानमन्त्रीको अध्यक्षतामा भएको उच्चस्तरीय पुनःनिर्माण प्राधिकरणको गठन अपरिपक्व रहेको उहाँको भनाइ थियो ।
नेता पुनले आजै उर्लाबारी चोकमा निर्माण भइरहेको राउन्ड अबाउटको अवलोकन गर्नुभएको थियो । उहाँले उर्लाबारीको मावा खोलामा निर्माण भइरहेको तटबन्धको समेत निरीक्षण गर्नुभएको थियो ।
प्रतिक्रिया